back
NMB ad

राष्ट्र बैंकले असोज १६ देखि नयाँ नोट बाँड्ने, दैनिक २५ करोड सटही हुने अनुमान !

Kumari bank ad

काठमाण्डौं । आउँदो दसैंतिहारका लागि नेपाल राष्ट्र बैंकले असोज १६ देखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ। बैंक तथा वित्तीय संस्थालाई असोज ९ देखि १४ गतेसम्म नयाँ नोट वितरण गरिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले काठमाडौं उपत्यकामा थापाथलीस्थित केन्द्रीय कार्यालय र उपत्यका बाहिर आफ्ना क्षेत्रीय कार्यालयमार्फत असोज २१ गतेसम्म नयाँ नोट वितरण गर्ने छ। राष्ट्र बैंकले यसपटक प्रतिव्यक्ति ३७ हजार रुपैयाँसम्म सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिएको छ। अघिल्लो वर्ष दसैंतिहारमा सर्वसाधारणले प्रतिव्यक्ति २२ हजार रुपैयाँसम्म यो सुविधा पाएका थिए।

यसपालिको दसैंमा सर्वसाधारणले ५, १०, २०, ५० र १०० का गरी दुई÷दुई प्याकेटका दरले सटही गर्न पाउने छन्। केन्द्रीय बैंकबाट हरेक दिन २० देखि २५ करोड रुपैयाँका नयाँ नोट सटही हुने अनुमान गरिएकोछ। गत वर्ष राष्ट्र बैंकले ५७ अर्ब ८५ करोड रुपैयाँ बराबर विभिन्न दरका नयाँ नोट वितरण गरेको थियो।

२० भदौ २०७३, ९।००

वि.सं.२०७३ भदौ २० सोमवार ०९:५७ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...