back
NMB ad

भैरहवाको डण्डामा डुंगा सरर… (फोटो फिचर)

Kumari bank ad

नरेश के.सी.
भैरहवा । उत्तरबाट बहदै दक्षिण तर्फ गइरहेको भैरहवाको डण्डा नदी यतिबेला सफा र सुग्घर देखिएकोछ । काठमाण्डौंमा बागमति सफाई आयोजना चलिरहँदा भैरहवामा त्यस्तो योजनागत कार्यक्रम नभएता पनि मंगलबारदेखी चलेको मेलाको कारण यस्तो भएको हो ।
डण्डा नदी छेउमा पुग्दा नाक नाक र मुख थुनेर हिड्नेहरु अहिले तछाडमछाड गर्दै डण्डामा सयर गर्न तल्लीन देखिएका छन् । सिद्धार्थ होटल एशोसियसन नेपाल (सान) र रुपन्देही क्रिकेट संघ (कार) को संयुक्त आयोजनामा भैरहवामा मंगलबारबाट सुरु भएको राष्ट्रिय पर्यटन प्रबद्र्धन, कृषि तथा औद्योगिक व्यापार मेला–२०७३ मा आयोजकले स्थानिय डण्डा नदिमा डुंगा राखेपछि यहांको रौनकतानै बढेको छ ।
तराईको ठाउँ, विस्तारै बढ्दै गरेको गर्मी, भारत उत्तरप्रदेशको सीमावर्ति शहर सुनौली महारजगन्जदेखी बढीमा २ किलोमिटरको दूरीमा रहेको उक्त मेला क्षेत्रमा मेला उद्घाटन संगै सबैको आकर्षण डुंगामा देखिन्थ्यो ।

dunga saraaaaaaa
डण्डा नदिको कन्चन पानी माथी आइतबारसम्म जलकुम्भी र लेउले घेरिएको थियो । तर, मंगलबारदेखी डण्डामा सञ्चालनमा आएका २ वटा डुंगाको कारण त्यहांको पानीको बहावमा पनि तिब्रता आएको छ । औषत २० फिटको पानीको सतहमाथी नेपालको राष्ट्रिय झण्डा फरफराइरहेका ती डुंगाहरुमा एक पटकका लागी २ वटा डुंगामा ३० जना सयर गर्न मिल्नेगरी व्यवस्था मिलाइएको मेला आयोजक समितीका संयोजक चन्द्रप्रकाश श्रेष्ठले जानकारी दिए ।

dunga saraaaa
मेला आयोजक संस्था सानका कोषाध्यक्ष भोजेन्द्र खत्रीको नेतृत्वमा सुरक्षाकर्मि सहितको १५ जनाको टोली सो डुंगा व्यवस्थापनमा खटिएको छ । १० मिनेटसम्म मेला स्थलदेखी पक्लिहवा कृर्षी क्याम्पससम्म गई पुनः फर्किनेगरी प्रतिव्यक्ति एक सय रुपैयाँ दक्तुर लिइएको उक्त डुंगा सयर कार्यक्रम साच्चिकै लोभलाग्दो भएको नेपाल टेलिभिजनका पत्रकार शम्भु पन्त बताउँछन् ।
अमेरिकाको न्यू मेक्सिको युनिभर्ससीटि र नीमा प्रतिमान स्मृति प्रतिष्ठानको संयुक्त पहलमा प्राध्यापक आलोक बोहराको नेतृत्वमा सेभ द डण्डा परियोजना केही वर्ष अगाडी लन्चींग भएको थियो । उक्त परियोजना अनुसार डण्डा नदीको वातवरण सफा सुग्घर र सुन्दर राख्दै सो नदीको संरक्षण गर्ने रहेको थियो । मेला आयोजकले उक्त नदीमा डुंगा चलाएर डण्डा नदीमा पर्यटनको सम्भावनालाई मजबुत पारेकोप्रति सिद्धार्थ एशोसियस अफ ट्राभल एण्ड टुर एजेन्ट (साटा) का अध्यक्ष चन्द्र थापा मगरले खुसी व्यक्त गरे । ट्राभल व्यवसायीहरुको छाता संगठन साटाले डण्डामा डुंगा सवार कार्यक्रमले पर्यटन व्यवसायमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै भविष्यमा त्यसलाई निरन्तरता दिन कार्यक्रम नै बनाउने जनाए ।

२६ माघ २०७३

वि.सं.२०७३ माघ २६ बुधवार २२:३९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...