काठमाडौ । नेपाल स्टक एक्सचेन्जमा नयाँ सेयर थपिएको छ । सेञ्चुरी बैंकको ५१ लाख ६३ हजार ९४२ दशमलव ५० कित्ता सेयर विहीबार नेप्सेमा सूचीकृत भएको हो । बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सतर्फको सेयर स्वाप रेसियो अनुपातमा कायम गरि आफ्नो नाममा सूचीकृत गराएको हो ।
सेञ्चुरी बैंकले गत मंसिर २४ गतेदेखि दुबै संस्थालाई एक्यायर गरि एकीकृत कारोबार सुरु गरेको थियो । बैंकले सेतीलाई १००ः७० र अल्पाइनलाई १००ः९३ अनुपातको सेयर स्वाप रेसियोमा प्राप्ती गरेको थियो ।
२०७४ पुष २० गते प्रकाशित
वि.सं.२०७४ पुस २० बिहीवार १४:२१ मा प्रकाशित