back
NMB ad

एउटा पहिरन जसले बनायो ५ वर्षमै देशकै पहिलो अर्बपति महिला

Kumari bank ad

भियतनामकी ४६ वर्षीया गुएन थि फुयोग थाओ अहिले चर्चामा छिन् । उनलाई फोब्र्स म्यागजिनले २०१६ मा एसियाका प्रभावशाली महिलाको सूचिमा १६ नम्बरमा राखेको छ भने उनी यसैपटकबाट अर्बपतिको सूचिमा पनि परेकी छिन् । त्यति मात्र हैन उनी भियतनामकै पहिलो महिला अर्बपति पनि बनेकी छिन् । उनको सफलताको पछाडि उनले एउटा सोच छ, महिलाले जुनसुकै परिधान स्वतन्त्र पूर्वक लगाउन पाउनुपर्छ ।

हो, यही यही सोच र पहिरनले नै उनलाई रातारात अर्बपतिको सूचिमा पार्न सफल भएको हो । थाओ सोभिको होल्डिङकी सहसंस्थापक एवं सिइओ हुन् । मेक्सिकोबाट अर्थशास्त्र विषय अध्ययन गरेकी उनले तत्कालीन सोभियत युनियनबाट फ्याक्स मेसिन लगायतका सामानहरु ओसार पसार गरेर बिक्री वितरण गर्ने गर्थिन् । त्यतिबेला उनी मात्र २१ वर्षकी थिइन् । यसरी व्यापारिक क्षेत्रमा प्रवेश गरेकी उनले पछि भियतनाम फर्किइन् र सोभिको होल्डिङमा काम गर्न थालिन् ।

त्योसँगै उनले सन् २००७ नोभेम्बरमा भियट जेट, भियतनामकै एउटा मात्र निजी विमानमा लगानी गरिन् । यसमा उनको ९० प्रतिशत लगानी रहेकोछ । यो एयरलाइन्सलाई नम्बर एक बनाउने उनको योजनामा महिला र पहिरनमाथिको उनको सोचले नै बल पाओ ।

vietjet airhostess

थाओले एयर होस्टेजलाई मोडल बनाएर विकिनी शोको आयोजना गरिन् । विमानका एयरहोस्टेजहरु सबै बिकिनी मात्र लगाएर विमानका यात्रुको स्वागत र सेवा गर्छन् । त्यतिमात्र होइन उनीहरु विमानमै नृत्य पनि प्रस्तुत गर्छन् । यस्ता ‘बिकिनी’ प्रस्तुतिहरु अहिले हरेक फ्लाइटमा हुने गर्छ । पहिलो पटक भने सन् २०१२ मा होची मिन सहरदेखि न्हा ट्राङ सहरमा गरिएको उडानको दौरान पहिलो पटक यस्तो प्रस्तुति गरिएको थियो । जसबाट थाओको भियत जेट एयरलाइन्स रातारात हिट भयो ।

त्यो समयमा थाओको यो व्यापारिक आइडियाले सबैको ध्यान तान्नुका साथसाथै आलोचना पनि खप्नु प¥यो भने एयरहोस्टेजहरुको विकिनी लगाएर नृत्य गरिरहेको भिडियो र तस्विर सार्वजनिक भएपछि भियतनामाको उड्डयन प्राधिकरणले विमानसँग १ हजार डलर जरिवाना समेत लिएको थियो । यद्यपि, निश्चित उचाइँमा पुगेर गरिने यो प्रस्तृति सुरक्षित हुने बताइएपछि यसलाई कुनै रोकतोक भएन ।

vietjet

यसरी एउटा आइडियाले थाओ ५ वर्षमा नै अर्बपतिको सूचिमा आइपुगेकी छिन् । एसियाकै पावर हुमनका रुपमा पनि उभिएकी छिन् । उनको यो एयरलाइन्स कम्पनीको कुल मूल्यांकन एक अर्ब अमेरिकी डलर गरिएको छ ।

२१ वर्षको उमेर देखि टे«ड डिस्ट्रीब्यूटर्सका रुपमा काम गरेकी उनले आफूले कर्मचारीको तलब कसरी बढाउन सकिन्छ भनेर मात्र सोचेर काम गर्ने गरेको एक अन्तरवार्तामा बताएकी छिन् । उनले भनेकी छिन् म बसेर आफ्नो पैसाको हिसाब गर्दिन ।

थाओ आफ्नो कम्पनीलाई एसियाकै सबैभन्दा ठूलो बनाउन चाहन्छिन् । अहिले भियत जेट आन्तरिक हवाईमा सबैभन्दा अगाडि छ भने यसले एसियाका ४७ शहरमा बजेट फ्लाइट सञ्चालन गर्छ ।

७ बैशाख २०७२, एजेन्सीको सहयोगमा 

वि.सं.२०७३ वैशाख ७ मंगलवार १६:५५ मा प्रकाशित

You can share this post!

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं....