काठमाडौ। एनआइसी एसिया बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर दिने प्रस्तावसहित भदौ ३० गते साधारण सभा बोलाएको छ । एनआइसीले साधारण सभामा चुक्ता पुँजीको २० प्रतिशत (१ अर्ब ३३ करोड ८५ लाख १९ हजार ५ सय रुपैयाँ) बोनस सेयर र यसमा लाग्ने कर तिर्न १.०५ प्रतिशत (७ करोड ४ लाख ४८ हजार ३ सय ९५ रुपैयाँ) नगद लाभांश दिने विशेष प्रस्ताव लैजाने भएको छ ।
साधारण सभा प्रयोजनका लागि बैंकले भदौ १६ देखि ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसआधारमा भदौ १५ गतेसम्म कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउने भएकाले बोनस सुरक्षित गर्न आज(बिहिबार)भदौ १५ भित्र सेयर खरिद गरिसक्नुपर्ने हुन्छ ।
प्रकाशित मितिः२०७४ भदौ १५
वि.सं.२०७४ भदौ १५ बिहीवार १०:५२ मा प्रकाशित