back
NMB ad

नेपालमा पेट्रोल पम्प चलाउने भारतीय प्रस्तावलाई निगमको सैद्धान्तिक सहमति

Kumari bank ad

काठमाडौ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)सँग मिलेर नमुना पेट्रोल पम्प र ग्यास भण्डारण स्थल बनाउन सैद्धान्तिक सहमति जनाएको छ । पेट्रोलियम पदार्थको खुद्रा व्यापारमा विदेशीलाई लगानी गर्न रोक लगाए पनि निगमले यस्तो सहमति जनाएको हो ।

आइओसी र निगम अधिकारीबीच काठमाडौंमा मंगलबार भएको बैठकमा पम्प र भण्डारण स्थल बनाउन थप अध्ययन गर्ने निर्णय भएको छ । आइओसीले नेपालको पेट्रोलियम बजारलाई आफ्नो होल्डमा राख्नको लागि नयाँ रणनीति बनाएको भए पनि निगमका अधिकारीले कानुनी आधारबिनै छलफल चलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। दुई संस्थाबीच साझेदारी गर्ने विषयमा छलफल गर्न आइओसी बजार विभागका महाप्रबन्धक एसएस बोस नेतृत्वको टोली यहाँ आएको थियो । आइओसीसँग मंगलबारको वार्तामा निगमका प्रबन्ध निर्देशक गोपाल खड्का नेतृत्वको टोली सहभागी थियो ।

निगमको ५१ प्रतिशत र आइओसीको ४९ प्रतिशत लगानीमा करिब एक सय नमुना पेट्रोल पम्प चलाउने विषयमा छलफल भएको स्रोतले बताएको छ । निगम र आइओसीबीच चैतको दोस्रो साता भारतमा भएको इन्धन खरिद सम्झौता नवीकरण बैठकमा आपूर्तिमन्त्री दीपक बोहोराले भारतका पेट्रोलियममन्त्री धर्मेन्द्र प्रधानको प्रस्तावलाई मौखिक स्वीकृत दिएपछि टोली नेपाल आएको हो। आपूर्ति मन्त्रीले सरकार छाडिसकेका छन्।

आइओसीले नेपालको पेट्रोलियम बजारलाई आफ्नो होल्डमा राख्नको लागि नयाँ रणनीति बनाएको भए पनि निगमका अधिकारीले कानुनी आधारबिनै छलफल चलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

निगमका अधिकारी मन्त्रीको निर्देशन कार्यान्वयनमा गर्न लागिपरेको बताउँछन् । ‘दुई पक्षको साझेदारीमा पम्प र ग्यास भण्डारण बनाउने विषयमा सैद्धान्तिक सहमति भएको छ,’ ती अधिकारीले भने, ‘तर सरकारको सहमति नभएसम्म कार्यान्वयनमा आउँदैन ।’

नेपालको इन्धन व्यापारमा एकाधिकार राखेको आइओसीले नेपालमै पेट्रोल पम्प चलाएर पेट्रोलियम पदार्थको व्यापारलाई नियन्त्रण गर्ने भारतको भित्री तयारी रहेको जानकार बताउँछन् । आइओसीसँग मिलेर नमुना पम्प सञ्चालन गर्ने तयारी सुरु भएको आपूर्ति मन्त्रालयका प्रवक्ता सूर्यप्रसाद श्रेष्ठले यसअघिनै पुष्टि गरेका थिए ।

रणनीतिक महत्त्वको पेट्रोलियम पदार्थको व्यापारमा विदेशीलाई ल्याए गम्भिर त्रुटि हुने नेपाल आयल निगमका एकजना पूर्वप्रबन्ध निर्देशकले बताउँछन् । ‘कुनै पनि हातलमा पेट्रोलियम पदार्थको कारोबारमा विदेशीलाई ल्याउनु हुँदैन,’ उनले भने, ‘रणनीतिक महत्त्वको व्यापारमा विदेशीलाई ल्याए गम्भीर गल्ती हुनेछ ।’

आइओसीको पेट्रोलियम क्षेत्रको विज्ञता लिने विषयमा आइओसीसँग छलफल भएको निगमका प्रवक्ता सीताराम पोख्रेलले बताए । ‘नमुना पम्प सञ्चालनमा ल्याउन निगमले योजना बनाएको छ,’ प्रवक्ता पोख्रेलले भने, ‘के, कसरी चलाउन सकिन्छ भन्ने विषयमा आइओसीको प्राविधिक ज्ञान लिने योजना हो ।’

मुलुकभर अहिले १४ सय पेट्रोल पम्प छन् । पेट्रोल पम्प सञ्चालनको लागि निजी क्षेत्रले करिब ५६ अर्ब रुपैयाँ लगानी गरेको बताइन्छ । नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले पनि विदेशी लगानीको विरोध गरेको छ ।

निगमले आइओसीसँग मिलेर ग्यास भण्डारण स्थल बनाउने विषयमा छलफल भएको छ । अहिले ग्यास उद्योगीले ल्याएर रिफिलिङ गर्दै आएका छन् । ‘अहिलेसम्म हामीसँग ग्यास स्टोरेज गर्ने ठाउँ छैन,’ प्रवक्ता पोख्रेलले भने, ‘आइओसीसँग मिलेर तीन महिनालाई पुग्ने गरी ग्यास भण्डार बनाउने योजना हो ।’

आइओसी टोलीले सोमबार उपत्यकामा ग्यास उद्योग र पेट्रोल पम्प अवलोकन गरेको थियो । टोलीले पम्प र साल्ट टे«डिङ कर्पोरेसनले सञ्चालन गरेको ग्यास प्लान्टको अवलोकन गरेको थियो ।

बैठकमा रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माणका विषयमा पनि छलफल भएको छ । बैठकमा पेट्रोलियम र ग्यास पाइपलाइनको विषयमा पनि छलफल भएको छ । आइओसीका अधिकारीले तत्काल पाइप बिछ्याउने ठाउँ खाली गर्न आग्रह गरेको निगमका एक अधिकारीले बताए । पाइपलाइन परियोजना निर्माणको लागि आवश्यक पर्ने सडकछेउको जमिन दिन सडक विभागले सहमति जनाएको छ । करिब १३ हजार रुख काट्न वन मन्त्रालयले स्वीकृति नदिएको कारण काममा ढिलाइ भएको छ । रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माणसँगै चितवनसम्म पाइपलाइन ल्याउन आइओसी र निगमले अध्ययन गरिसकेका छन् । अमलेखगन्जदेखि चितवनको लोथरसम्म करिब ६२ किलोमिटर पाइपलाइन निर्माण गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएकोे छ ।नागरिकन्युजबाट

प्रकाशित मितिः २०७४ बैशाख २७

वि.सं.२०७४ वैशाख २७ बुधवार १५:२४ मा प्रकाशित

You can share this post!

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...