दीपाश्री निरौलाले निर्देशन गरेको फिल्म छक्का पन्जा २ को ‘नाइनलको साडी’ बोलको गीतको भिडियोले युट्युबमा करोड भ्यू पाएको छ । निकै विवादमा तानिएको यो गीतले मंगलवार बिहान १ करोड बढी भ्यू पाएका हो ।
संगीतकार अल्मोडा उप्रेतीलाई यो गीतको संगीत चोरेको आरोप लागेको थियो ।
यसअघि दीपकराज गिरी र दीपाश्री निरौलाको निर्माणमा बनेको फिल्ममा समावेश पूर्व पश्चिम रेल र सुर्के थैलीले पनि युट्युबमा करोड भ्यू पाएका छन् । ‘नाइनलको साडी’लाई दीपकराज गिरी र प्रिन्सले संयुक्त रूपमा लेखेका हुन् भने संगीत प्रिन्स नेपाली र स्वर्गीय कान्छा मगर नेपालीले दिएका हुन्। अल्मोडा राना उप्रेती र सुजाता बर्माको स्वर रहेको गीतमा स्वस्तिमासँगै वर्षा राउत, केदार घिमिरे, जितु नेपाल र स्वरूपपुरुष ढकालले अभिनय गरेका छन्।
प्रकाशित मितिः २०७४ असो ३
वि.सं.२०७४ असोज ३ मंगलवार १४:०१ मा प्रकाशित