back
NMB ad

जव शितल निवासमा मंगलधुन बज्यो …

Kumari bank ad

काठमाडौं । राष्ट्रिपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुशुमको विवाह आगामी माघ महिनामा हुने भएको छ । उनको विवाह गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवका नाती पर्ने अभिषेक यादवसंग हुने भएको हो ।
आइतबार बिहान राष्ट्रपति निवास शीतलनिवासमा उनीहरुको इङ्गेज्मेन्ट (टिकाटालो) सम्पन्न भएको छ ।

अभिषेक पूर्व राष्ट्रपति यादवकी भतिजी एवं महोत्तरीबाट निर्वाचित सांसद किरण यादवका छोरा हुन् । विद्यालय तहदेखिका सहपाठी अभिषेक र निशाकुशुमबीच विवाहको प्रसङ्ग २ वर्षदेखि नै चलेको थियो । यही माघमा विवाह गर्ने तयारीमा दुवै परिवार रहे पनि विवाहको मिति भने तोकिएको छैन ।

ई फरक राजनीतिक पृष्ठभूमिको परिवार बीचको कार्यक्रम भए पनि गोप्य राखिएको टिकाटालो कार्यक्रमम सामान्य पारिवारि उपस्थितिमा गरिएको थियो । एमाले अध्यक्ष केपी ओली भने पत्नी राधिकासहित शितलनिवास पुगेका थिए ।

‘ २९ वर्षीय अभिषेक बुढानिलकण्ठ स्कुलमा अध्ययनताकाकै निशाकुसुमका सहपाठी हुन् ।

उतिबेलादेखि प्रेममा रहेका दुवैको परिवारिक सहमतिमा विवाह हुन लागेको हो । अभिषेकले बेलायत सरकारको चेभेनिङ छात्रवृत्तिमा लण्डनबाट अर्थशास्त्रमा उच्च अध्ययन गरेका छन् । निशाकुसुमले भने नयाँ दिल्लीबाट एमबिबिएस गरेकी छन् ।

टिकाटालो कार्यक्रम नेपाली सेनाको टुकडीले मंगलधुन बजाई सुरु गरिएको थियो । राष्ट्रपति भण्डारीले अभिषेक र निशाकुसुम दुवैलाई टिका र माला पहिर्‍याएकी थिइन् । एमालेका तत्कालीन महासचिव दिवंगत मदन भण्डारी र राष्ट्रपति विद्यादेवी भण्डारीका दुई छोरी छन् । जेठी छोरी उषाकिरणको विवाह भइसकेको छ ।
३० असोज २०७३

वि.सं.२०७३ असोज ३० आइतवार २१:१४ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...