back
NMB ad

पर्वतारोहण संघमा लामा र शेर्पाको प्यानलै चुनावी मैदानमा

Kumari bank ad

रबिना पौडेल

काठमाडौं । पर्वतिय पर्यटन व्यवसायीहरको छाता संगठन नेपाल पर्वतारोहण संघ (एनएमए)को आगामी अधिवेशनमा दुई प्यानलबीच चुनाव हुने पक्का पक्की भएको छ ।
यही साउन २१ हुने साधारण सभा तथा अधिवेशनमा पुर्व अध्यक्ष जिम्बाजाङ्बु शेर्पा र प्रथम उपाध्यक्ष सन्तबीर लामाको प्यानल चुनावी मैदानमा उत्रिएका छन् । प्यानल निमार्णसंगै उम्मेदवारको घोषणा शुरु भएको छ ।
मंगलबार दिउँसो १ देखि ३ बजेसम्म हुने मनोनयन दर्तालाई लक्षित गर्दै पुर्व अध्यक्ष शेर्पा नेतृत्वको प्यानल आज सोमबार लैनचौर बैंक्वेटमा आयोजित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ । शेर्पाको प्यानलमा कुलबहादुर गुरुङ महासचिव र बिमल नहर्की कोषाध्यषको उम्मेदवार रहेको प्रेस विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।
नेपाल पर्वतारोहण संघ बचाउ अभियान नाम दिइएको शेर्पा नेतृत्वको समुहलाई नेपाली काँग्रेस निकट राष्ट्रिय पर्यटन व्यवसायी संघ (निट–नेपाल) र नयाँ शक्ती निकट नेपाल पर्यटन परिषद र स्वतन्त्र पर्यटन व्यवसायीले समर्थन गरेको छ ।
लामा नेतृत्वको समुहलाई नेकपा एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन र नेकपा माओवादी केन्द्र निकट एकीकृत पर्यटन व्यवसायी संगठ (युटिन) र स्वतन्त्र शेर्पा समुदायले समर्थन गरेको छ ।
लामा नेतृत्वमा दिवसविक्रम राणा प्रथम उपाध्यक्ष, बोधराज भण्डारी महासचिव, टीकराम गुरुङ सचिव र सुदर्शन न्यौपाने कोषध्यक्षको उम्मेदवार बन्ने पक्का भएको छ । लामा समुहको उम्मेदवारहरुको टुंगो लगाउन कार्यदलको बैठक बसिरहेको लामा निकट स्रोतले जानकारी दियो । स्रोतले भन्यो सोमबार साँझसम्म सबै अन्य उम्मेदवारको नाम टुंगो लगाएर मंगलबार घोषणा गरिने छ ।
शेर्पा नेतृत्वको समुहले भने सोमबारै सबै उम्मेदवारहरु टुंगो लगाएको छ ।
जिम्बाजाङ्वु शेर्पा समुहको उमेद्वारहरु

नाम–थर पद– प्रत्यासी
१) जिम्बाजाङ्बु शेर्पा अध्यक्ष
२) भूमिलाल लामा प्रथम उपाध्यक्ष
३) ङिमी शेर्पा द्वितीय उपाध्यक्ष
४) कूलबहादुर गरुङ महासचिव
५) पि. छेवाङ शेर्पा सचिव
६) विमल नहर्की कोषाध्यक्ष
७) प्रा. डा. हरिप्रसाद श्रेष्ठ सदस्य
८) देवीप्रसाद पन्त सदस्य
९)ं आङ छे्वाङ शेर्पा सदस्य
१०) दा गेल्जे शेर्पा सदस्य
११) तुलसिंह गरुङ सदस्य
१२) पेम्बा दार्जे शेर्पा सदस्य
१३) एकनाथ न्यौपाने सदस्य
१४) मुकुन्दप्रसार पोख्रेल सदस्य
१५) ल्हाक्पा तेन्जी शेर्पा सदस्य

प्रकाशित मितिः २०७४ साउन १६

वि.सं.२०७४ साउन १६ सोमवार १८:५३ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...