back
NMB ad

यी हुन् पर्वतारोहण संघको निर्वाचनमा सन्तवीर लामाका सारथी : प्रोफाइल

Kumari bank ad

नेपाल पर्वतारोहण संघ (एनएमए) को आगामि कार्यकालका लागि साउन २१ गते हुन लागेको निर्वाचनका लागि सन्तबीर लामा अध्यक्ष रहेको १५ सदस्यीय प्यानल चुनावी मैदानमा होमिएको छ । जातीय लैंङिगक, क्षेत्रगत लगायत सबै समूहलाई मिलाई पूर्णरुपमा समावेशी रहेको दाबीका साथ मनोनयन दर्ता गरेर साधारण सदस्यहरुकाबीच भोट माग्ने दौरानमा रहेका उम्मेदवारहरु आफ्ना एजेण्डा लिएर घरदैलो, सामुहिक भेटघाट र प्रचार प्रसारमा व्यस्त रहेका छन् । प्रस्तुत छ : सक्षम, समावेशी र पारदर्शी उम्मेदवारको समुहको रुपमा देखा परेको लामा नेतृत्वको प्यानलमा रहका उम्मेदवार र उनीहरुको प्रतिवद्धता ।

एकअर्कामा उत्तराधिकारी तोक्ने परिपाटीको अन्त्य गरेर एक कार्यकाल मात्र नेतृत्वमा रहने वैधानिक व्यवस्था लागु गर्छु

सन्तवीर लामा
सन्तवीर लामा

सन्तवीर लामा, काभ्रे
अध्यक्ष पदको उम्मेदवार

सन् १९७३ देखि पर्यटन क्षेत्रमा लागेका लामासंग भरियादेखि मालिकसम्मको अनुभव छ । १४ वर्षको छदा हिमालयन रोवट ट्रेकबाट भरिया हुँदै ट्रेकिङमा हिँडेका लामाले २५ वर्षदेखि लामा एड्भेन्चर एण्ड टे«क्स संचालन गरिरहेको छन् ।
सन् १९८२ देखि सन् १९८६ सम्म नेपाल तिब्बत आरोहणको सफल नेतृत्वकर्ता हुन् । त्यतिबेला ४७ पटक ग्रुप लिडर भएर नेपाल तिब्बत आरोहण गरेको अनुभव उनीसंग छ ।
चर्चामा नै नरहेको माउण्ट कैलाशको रुटमात्रै ४ पटक राउण्ड गरेर चर्चामा ल्याउन सफल भएका हुन् । एनएमए अन्तर्गत रहेका २७ वटै हिमाल (पिक) आरोहण गरेका लामाले ७ हजार मिटरसम्मका हिमाल आरोहण गरेका छन् ।
१८ वर्षअघि एनएमएको सदस्यता लिएका लामा १५ वर्षदेखि एनएमएको विभिन्न भुमिकामा छन् । १९९८ मा टानको कार्यसमितिमा बसेर काम गरेका लामा एनएमएमा २ पटक कार्यसमिति सदस्य, एक पटक द्वितीय उपाध्यक्ष हुँदै प्रथम उपाध्यक्षको जिम्मेवारी पुरा गरेर अहिले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
विगतको अनुभव र दक्षतालाई सदुपयोग गर्दै एनमएमा पारदर्शिता कायम गराउनु लामाको मुख्य एजेण्डा हो । सबै सरोकारवालालाई समेट्दै एनएमएको उद्देश्य पुरा गर्ने र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्राप्त छबि अझ फैलाउने उनको लक्ष्य छ । सिमित व्यक्तिले चलाउदै आएको एनएमए साझा बनाउने र सबैले आफ्नो अनुभूति गर्न पाउने वातावरण सिर्जना गराउन उनी लागि परेका छन् । पर्वतीय पर्यटन प्रवद्र्धन गर्दै मजदुर, व्यवसायी र आरोहीको हितमा काम गर्न चाहने व्यक्ति हुन् लामा ।
अहिलेसम्म नेतृत्वमा रहेकाहरुले हिमालको भन्दा व्यक्तिगत प्रमोसन धेरै भएकोले संस्थाको उद्देश्य पुरा हुन सकेन भनेर औंला ठड्याउने उनी एकमात्र व्यक्ति हुन् । पुरातन सोच भएका व्यक्तिले एकअर्कामा उत्तराधिकारी तोक्ने परिपाटीको अन्त्य गरेर एक कार्यकाल मात्र नेतृत्वमा रहने वैधानिक व्यवस्था लागु गर्दै संघको उद्देश्य पुरा गराउन सक्ने क्षमता उनीसंग छ । विधानमा रहेका समस्या समाधान गर्ने, सरकार र आरोहीबीच पुलको काम गर्दै व्यावसायिक हितको लागि काम गर्नुपर्छ भन्ने मान्यतालाई उनले स्पष्टसंग व्याख्या गरेका छन् । उनी भन्छन्, ‘राष्ट्रिय र अन्तराष्ट्रिय छवीलाई अगाडि बढाउँदै माउण्टेन टुरिजमलाई प्रमोसन गरेर अन्तराष्ट्रिय लेवलको टुरिष्ट नेपालमा भित्र्याउनको लागि मेरो उम्मेदवारी हो ।’

 हिमाली जिल्लाका बासिन्दाको क्षमता विकास र सक्षम बनाएर त्यस क्षेत्रको विकास गराउन

दिवसविक्रम शाह
दिवसविक्रम शाह

दिवसविक्रम शाह, काठमाडौ
प्रथम उपाध्यक्ष पदको उम्मेदवार

सन् १९८९ देखि एनएमएमा आवद्ध छन् । दुई कार्यकाल महासचिव, एक कार्यकाल द्वितीय उपाध्यक्ष हुँदै हाल प्रथम उपाध्यक्षको प्रयासी हुन् । अमेरिकाबाट पर्यटनमा स्नातक गरेर छन् । १९९५ मा नेपाल फर्किएपछि पोखरा म्युजियमको डेभलपमेण्ट कमिटिमा काम गरेर विशुद्ध समाज सेवाको भावनाले एनएमएमा निरन्तर नेतृत्व गर्दै आएका शाह २००३ मा निर्विरोध एनएमएको महासचिव भए ।
एनएमएका सस्थापन कुमार खड्गविक्रम शाहका छोरा हुन् । पर्वत आरोहणमा नयाँ प्रविधि भित्र्याउने अभियान्ताका रुपमा परिचित छन् । हिमाली जिल्लाका बासिन्दाको क्षमता विकास गराउने र पर्वतारोहणका लागि स्थानीयलाई नै सक्षम बनाएर त्यस क्षेत्रको विकास गराउन उनले उम्मेदवारी दिएका हुन् ।

मेरो उम्मेदवारी भनेको नै आरोहीहरुको हितमा काम गर्नको लागि हो

माया शेर्पा
माया शेर्पा

माया शेर्पा, ओखलढुंगा
द्वितीय उपाध्यक्ष पदको उम्मेदवार

हिमाल आरोहण गर्ने प्रथम महिलाको रुपमा परिचित छन् । ८ हजार भन्दा अग्ला हिमाल चढ्ने नेपालीको एकमात्र महिला हुन् । पर्यटन क्षेत्रमा महिलालाई प्रोत्साहन गराउनु अहिलेको मुख्य मुद्दा हो । पर्वतारोहणमा महिला सहभागिता बढाउन विभिन्न गतिविधि संचालन गरेर अगाडि बढ्दै छन् । अहिलेसम्म १२ वटा हिमालको सफल आरोहण गरिसकेकी छन् । भुकम्पपछि हिमालमा आएको परिवर्तन बुझ्न सगरमाथा चडेर फर्किएकी हुन् । सगरमाथा आरोही संघकी अध्यक्ष समेत रहेकी उनले सगरमाथा मात्रै तीन पटक चढेकी छन् । आउट ओएर टे«क एण्ड एक्पेटेसन संचालन गरिरहेकी छन् । उनका श्रीमानले पनि आर्नाेल्ड कोष्टर एक्पीटिसन डटकम संचालन गर्छन् ।
सन् २००३ सालदेखि हिमाल आरोण सुरु गरेकी उनी समग्र आरोहीकी प्रतिनिधि पनि हुन् । उनलाई शेर्मा समुदायले नेतृत्वको निम्ति अगाडि सारेको हो । यसअघि एनएमएको कार्यसमितिमा रहेर काम गरेको अनुभव उनको छ । ‘आरोहीको नाममा धेरै संघसस्था पनि खोलिए, आरोहीको हितका निम्ति केही भएको छैन, मेरो उम्मेदवारी भनेको नै आरोहीहरुको हितमा काम गर्नको लागि हो’ भन्छिन् मायाँ शेर्मा ।

 चुस्त दुरुस्त नीति र नेतृत्वका साथ पर्यटन क्षेत्रको शिखर सस्था बनाउनु पर्छ

बोधराज भण्डारी
बोधराज भण्डारी

बोधराज भण्डारी, कास्की
महासचिव पदको उम्मेदवार

सन १९९१ सालदेखि पर्यटन व्यवसायमा संलग्न छन् । टुर्स एण्ड ट्राभलबाट पर्यटन क्षेत्रमा लागेका भण्डारी सन् २००९ बाट ट्रेकिङ एण्ड एक्स्पीटिशन कम्पनी सुरु गरेका हुन् । अहिले धेरै पिक विक्रि गर्ने व्यवसायीको रुपमा चिनिन्छन् ।
पिक प्रमोट गर्नेहरुमा २ वर्षदेखि पहिलो नम्बरमा छन् । यसअघि नाटा, सोट्टो, भिटोफमा नेतृत्वदायी भुमिका निर्वाह गरिसकेका छन् । १९९८ मा नाटाको पोखरा च्याप्टर अध्यक्षको नेतृत्व गर्दै व्यवसायिक छाता संगठनमा नितान्त सेवा भावले समर्पित भई आफुलाई सफल नेतृत्व स्थापित गर्दै सस्थालाई अग्रगति प्रदान गर्ने कुशल संगठकको रुपमा व्यवसायी माझ लोकप्रिय छन् ।
स्नोही होराइजन टे«क्स एण्ड एक्सपीटिसनको पिक सेलर भएर ४ वर्षअघि एनएमएको सदस्यता लिएका भण्डारी त्यसपछि एनएमएको हरेक गतिविधिमा प्रत्यक्ष संलग्न हुँदै आएका छन् । आरोही र व्यावसायीहरुबीचको सम्बन्ध सुमधुर बनाउनका लागि महासचिवको उम्मेदवारी दिएका भण्डारी एनएमएलाई समयसापेक्ष योजना बनाउने र कार्यान्वयन पक्ष बलियो बनाउने दृढताका साथ अघि बढ्दैछन् । एनएमए अब एकल नेतृत्व होइन सामुहिक भावनाका साथ सबैको सहभागितामा चुस्त दुरुस्त नीति र नेतृत्वका साथ पर्यटन क्षेत्रको शिखर सस्था बनाउनु पर्छ भन्ने सन्देश लिएर उनले महासचिवमा उम्मेदवारी दिएका छन् ।

 आर्थिक अनियमिताता रोक्न र चुस्त र दुरुष्त सचिवालय निर्माण गरी एनएमए सिस्टममा चलाउनका लागि मेरो उम्मेदवारी

टीकाराम गुरुङ
टीकाराम गुरुङ

टीकाराम गुरुङ, संखुवासभा
सचिव पदको उम्मेदवार

एनएमएका बहालवाला कोषाध्यक्ष हुन् । हिजोको मजदुर अहिलेका सफल व्यवसायी हुन् । कस्मो टे«कबाट काम सुरु गरेका उनी सन् २००६ बाट बोचीबोची ट्रेक संचालन गरिरहेका छन् ।
गुरुङ सचिव पदका उम्मेदवार हुन् । नेपालका हिमाल प्रोमोसन गर्नु र अन्तराष्ट्रिय रुपमा एनएमएको प्रोमोसन गर्नु उनको मुख्य उद्देश्य हो । एनएमएलाई राज्यको एउटा अंगको रुपमा स्थापित गराउन लागि परेका छन् । एनएमएको अर्थ नबुझेका धेरैलाई एनएमएका बारेमा प्रशिक्षित गराउनु आवश्यक ठानेका छन् । ‘एकातिर विधान छ काम अर्कै भइरहेको छ । म कोषाध्क्ष भएपछि आर्थिक निर्देशिका त बनाए तर कार्यान्वयनमा ल्याउन सकिएको छैन । आर्थिक अनियमिताता रोक्न र चुस्त र दुरुष्त सचिवालय निर्माण गरी एनएमए सिस्टममा चलाउनका लागि मेरो उम्मेदवारी हो ।’

एनएमएलाई कोष संचालनका हिसाबले उत्कृष्ट बनाउन मेरो उम्मेदवारी

सुदर्शन न्यौपाने
सुदर्शन न्यौपाने

सुदर्शन न्यौपाने, धादिङ
कोषाध्यक्ष पदको उम्मेदवार

१९९३ बाट पथप्रदर्शकको रुपमा पर्यटन क्षेत्रमा प्रवेश गरेका न्यौपानेले सन् २००० देखि आफ्नै कम्पनी संचालन गरिरहेका छन् । सन् २०१३ देखि बुटिक होटल चलाउदै आएका न्यौपाने होटल मम्स होमका संचालन हुन् ।
सन् २००७ मा टानको कार्यसमिति निर्वाचित भएपछि टिम्सको स्थापना र व्यवसायीको हितमा काम गर्ने कुशल अभियान्ताको छबी बनाएका छन् । उनी आवद्ध संघसस्थामा आर्थिक पारदर्शिता र चुस्त प्रशासन पहिलो प्राथमिकतामा पर्छ ।
एनएमएमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । एनएमएको श्रोतलाई उचित ढंगले खर्चगर्दै प्रर्यटनमा प्रविधिको प्रयोग मार्फत पूर्वाधार विकास र प्रवद्र्धन गर्न÷गराउन कोषाध्यक्षमा उम्मेदवारी दिएका हुन् । टानमा हुँदा देखि नै पारदर्शीतालाई मुख्य एजेण्डा बनाएका उनले एनएमएलाई कोष संचालनका हिसाबले उत्कृष्ट, श्रोत संकलन र आवश्यक ठाउँमा मात्र खर्च गर्ने परिपाटीको विकास गर्ने संकल्प लिएका छन् । मजनदुरको जिवन रक्षा र विभिन्न अल्पाइन क्लवसंग समन्वय विस्तार गर्दै प्रवद्र्धनमा उनको जोड छ ।

झण्झटिला नीति सरल बनाउने र समय सापेक्ष बनाउने कुरामा मेरो विशेष जोड रहनेछ

विनय शाक्य
विनय शाक्य

विनय शाक्य
सदस्य पदका उम्मेदवार

म विनय शाक्य हुँ । मेरो घर पाल्ला जिल्लामा पर्छ । टुरिजममा नै मास्टर गरेको छु । टुरिजन अध्यापन गराउछु । एनएमएको एड्मीसन चिफ भएर १७ वर्ष निरन्तर सेवा गरेको अनुभव मसंग छ । सन १९९१ देखि नै पर्यटन क्षेत्रमा लागेको हुँ । अहिले ट्रिपिटक होलिडेज नामको कम्पनी संचालन गरिरहेको छु । एनएमएको प्रकाशन समितिमा छु ।
मेरो उम्मेदवारी भनेको नीतिगत कुरा सुधारको निम्ती हो । झण्झटिला नीति सरल बनाउने र समय सापेक्ष बनाउने कुरामा मेरो विशेष जोड रहनेछ ।

आरोहिका समस्या समाधान गर्न र मजदुरको सोसियल सेकुरिटीको लागि नै मेरो उम्मेदवारी हो

मिङ्मार ग्याबु शेर्मा
मिङ्मार ग्याबु शेर्मा

मिङ्मार ग्याबु शेर्मा
सदस्य पदका उम्मेदवार

म हिमाल आरोही हुँ । म २८ वर्षको भएँ । मेरो घर ताप्लेजुङ हो । सन २०१० देखि हिमालयन गाइडबाट मैले पर्यटन क्षेत्रमा काम थालेको हुँ । त्यसपछि सेभेन समिट र बुचीबुची टे«कमा काम गरेको अनुभवले अहिले मैले हिमालयन स्की ट्रेक संचालन गरिरहेको छु । अहिलेसम्म ५ पटक सगरमाथा चढेको छु । ३ पटक मनास्लु हिमाल आरोहण गरिसकेको छु । चाइना र पाकिस्थानमा गएर पनि गाइड गरेको अनुभव मसंग छ ।
मजदुर संगठनबाट मेरो प्रतिनिधित्व हो । आरोहीको विमा बैधानिक सुनिश्चित गराउनु मेरो उद्देश्य हो । कुन हिमाल चढ्न जाँदा कति पारिश्रमिक पाउने भन्ने नियम छैन । त्यसले आरोहि समस्यामा छन् । ती समस्या समाधान गर्न र मजदुरको सोसियल सेकुरिटीको लागि नै मेरो उम्मेदवारी हो ।

 मजदुरी गरेर खानेहरुको आवाज बुलन्द गर्नको लागि मेरो उम्मेदवारी

ठाकुरप्रसाद सापकोटा
ठाकुरप्रसाद सापकोटा

ठाकुरप्रसाद सापकोटा
सदस्य पदको उम्मेदवार

मेरो घर धादिङ हो । म अहिले ५२ वर्षको भए । नेपाल पञ्छी संरक्षण समिति, पर्यटन सेवा संघमा पनि आवद्ध छु । पर्यटन क्षेत्रमा २४ वर्षको अनुभव छ । मेरो उम्मेदवारी मजदुर संगठनको तर्फबाट हो ।
कामको सिलसिलामा इण्डिया, रस्सा, बेल्जियम, नेदरल्याण्ड, फ्रान्स घुमेर अनुभव बटुलेको छु । हाम्रा हिमाल भनेका विश्वका परिचित छन् । त्यहा आरोहण गर्ने क्रममा घाइते हुँदा पर्वतीय मजदुरको तत्काल उद्धार हुन सक्दैन । विरामी पर्दा उपचार पाउँदैनन् । मजदुरी गरेर खानेहरुको आवाज बुलन्द गर्नको लागि मेरो उम्मेदवारी हो ।

एनएमएलाई गैर राजनीतिक बनाउँदै पर्यटन क्षेत्रमा बलिदान दिनुहुनेहरुको सम्मान र मजदुरको हितका लागि मेरो उम्मेदवारी

सुमनप्रसाद न्यौपाने
सुमनप्रसाद न्यौपाने

सुमनप्रसाद न्यौपाने
सदस्य पदका उम्मेदवार

मेरो घर धादिङको बसेरी हो । एसियन हाकिङ ट्रेकिङ प्रा.लि. चलाउछु । काठमाण्डौमा बसेर होटल मेनेजमेन्टमा मास्टर्स गर्दैछु । टुरिजम क्षेत्रको २० वर्ष लामो अनुभव मसंग छ । सुरुदेखि नै भरिया भएर धेरै हिमाल आरोहण गरेको छु । एसएलसी पास गरेपछि भारी बोकेर आरोहण गर्ने क्रममा धेरैसंग चिनजान गर्ने मौका पाए । अहिले आफ्नै कम्पनी सुरु गरेको छु ।
पर्वतीय पर्यटनको समस्या नजिकबाट चिनेको छु । त्यो समस्या समाधान गर्नुपर्ने तत्कालको समस्या छ । धेरै मजदुर साथीहरुले ज्यान गुमाएका छन् । उनीहरुको परिवारको विचल्ली छ । एनएमएलाई गैर राजनीतिक बनाउँदै पर्यटन क्षेत्रमा बलिदान दिनुहुनेहरुको सम्मान र मजदुरको हितका लागि मेरो उम्मेदवारी दिएको हुँ ।

एनएमएमा भएका सबै हिमालको अझ प्रचार गर्ने र नयाँ पिकहरुको पहिचान गरेर पर्यटक लैजान मेरो उम्मेदवारी

सञ्जिव गुरुङ
सञ्जिव गुरुङ

सञ्जिव गुरुङ
सदस्य पदको उम्मेदवार

मेरो जन्म संखुवासभामा भएको हो । अहिले काठमाडौमा बस्छु । सन् २००७ सालदेखि निरन्तर टुरिजम क्षेत्रमा आवद्ध छु । अहिले बोचीबोची टे«क कम्पनीमा आरोही सरदारको रुपमा कार्यरत छु ।
सबै हिमालहरुको प्रचार प्रसार गर्दै ती हिमालहरुको प्रवद्र्धन गर्न सक्नुपर्छ । धेरैभन्दा भेरै अन्तराष्ट्रिय पर्यटक नेपाल भित्र्याउने र हिमाल आरोहणमा लैजान सकियो भने पर्यटन व्यवसाय अझ फस्टाउनेछ । ती पर्यटकहरुबाट स्थानीयहरुले पनि प्रत्यक्ष लाभ लिन सक्नेछन् । व्यवसायीको व्यवसाय फस्टाउनु भनेको नै आरोेही मजदुरको पेशा सुरक्षित हुनु हो । त्यसकारण अहिले एनएमएमा भएका सबै हिमालको अझ प्रचार गर्ने र नयाँ पिकहरुको पहिचान गरेर त्यस्ता पिकहरुमा पर्यटक लैजानको लागि मेरो उम्मेदवारी हो ।

 स्वयसेवी भावले पर्यटन क्षेत्रमा भएको अनुभव साट्नका लागि मेरो उम्मेदवारी

उर्गादेवी श्रेष्ठ
उर्गादेवी श्रेष्ठ

उर्गादेवी श्रेष्ठ
सदस्य पदका उम्मेदवार

म काठमाण्डौको बासिन्दा हो । मेरो कुनै कम्पनी छैन । २० वर्षदेखि पर्यटन क्षेत्रमा आवद्ध छु । मेरो कार्यव्यस्तताले अहिलेसम्म यो सस्थाको जिम्मेवार भूमिकामा नभएपनि साधारण सदस्य रहेर नै लामो समयदेखि पर्यटन प्रवद्र्धको लागि सेवा गरेको छु । अहिलेचाही अन्य सबैबाट अवकास लिएपछि कार्यकारी सदस्यमा उम्मेदवारी दिएको छु ।
नेपाल बैक लिमिटेडका कोषाध्यक्षबाट अवकास लिएपछि राष्ट्रिय अपाङ्ग महासंघको कोषाध्यक्ष भएँ । पछिल्लो समय एसिया काठमाडौ लेवीमा आवद्ध छु । एनएमएमा अहिलेसम्म स्वयसेवी भावले सहयोग गरिरहेको र पर्यटन क्षेत्रमा भएको अनुभव साट्नका लागि मेरो उम्मेदवारी हो । मेरो अनुभवले व्यवसायी, आरोही र मजदुर सबैको हितमा नीति निर्माण गर्नेछ ।

 पर्वतारोहणमा युवा आकर्षित गराउनु अहिलेको आवश्यकता

शिवबहादुर सापकोटा
शिवबहादुर सापकोटा

शिवबहादुर सापकोटा
सदस्य पदको उम्मेदवार

मेरो घर रामेछाप हो । म फ्रिल्यान्स गाइड हुँ । नेपाल र इण्डियाका हिमाल आरोहण गरेको छु । सगरमाथा दुई पटक आरोहण गरेको छु । विगतमा विभिन्न ट्रेकिङ ट्रिपहरु धेरै संचालन गरेको अनुभव छ । १० वर्षदेखि निरन्तर यो पेशामा छु । सबै खालको माउण्टेन कोर्ष गरेको छु । विभिन्न संघसस्थामा मेरो आवद्धता छ । पर्वतारोहण क्षेत्रमा लागेर सगरमाथा आरोहण गरेपछि सक्रिय रहेर काम गरिरहेको छु ।
विश्व कृतिमानी आरोहिहरुको अवस्था नाजुक छ । आरोही, व्यवसायीको हकहित संरक्षित गर्न र एनएमएलाई अझ शसक्त बनाउन मेरो उम्मेदवारी हो । आरोहिले नेपाल सरकारलाई ठूलो सहयोग गरेको छ तर सरकारले आरोहीलाई वेवास्था गरिरहेको छ । आरोहीलाई नेपाल सरकारबाट प्रमाणपत्र दिलाउन हरदम लाग्नेछु । विदेशीले ४० वर्ष नाघेका भन्दा युवा आरोही मन पराउने भएकोले पर्वतारोहणमा युवा आकर्षित गराउनु अहिलेको आवश्यकता बनेको छ ।

 एनएमएको एकतन्त्रीय शासन तोड्न मेरो उम्मेदवारी

सिंगी लामा
सिंगी लामा

सिंगी लामा
सदस्य पदको उम्मेदवार

मेरो घर सिन्धुपाल्चोक हो । १९९९ बाट आरोहण क्षेत्रमा काम गर्दैछु । हेलम्बु क्षेत्रको अल्पसंख्यक समुदायबाट हिमाल आरोहण गर्ने म पहिलो व्यक्ति हुँ । अहिले इन्टरनेशनल टेकर कम्पनीमा आवद्ध छु । आइसल्याण्ड पिक एक सय सात पटक चढेको छु । मेरो उम्मेदवारी आरोहीबाट हो । एनएमएमा अहिले पञ्चायतको जस्तो शासन चलेको छ । एनएमएको एकतन्त्रीय शासन तोड्न मेरो उम्मेदवारी हो । एभरेष्ट, धौलागिरीलगायत नेपालका हिमाल र चाइनाको दुईवटा हिमाल चढेको अनुभव छ । कोही नचढेको हिमाल मैले आरोहण गरेको छु ।

अप्ठ्यारोमा परेको बेला विदेशीको मुख ताक्नुपर्ने बाध्यताको अन्त्य गर्न मेरो मुख्य जिम्मेवारी

पासाङ टेण्डी शेर्पा
पासाङ टेण्डी शेर्पा

पासाङ टेण्डी शेर्पा

सदस्य पदको उम्मेदवार

पर्यटन क्षेत्रमा टेण्डी नामले परिचित छु । १३ वर्षको उमेरदेखि पोर्टर भएर काम गर्दै आएको छु । २० वर्षमा सगरमाथा चढ्न सफल भए । प्रत्येक वर्ष सगरमाथामा गाइड गरिरहेको छु । सगरमाथा सरसफाई अभियानमा भाग लिने अवसर पनि पाए ।
११ औ पटक सगरमाथा, मनास्लु आठौं पटक र ६ हजार भन्दा अग्लो ९७ वटा हिमाल चढेको अनुभव छ । अन्तराष्ट्रिय माउण्टेन गाइडहरु मध्य गारो रुटमा गाइड गर्ने प्रथम नेपाली हुन सफल भए । अहिले पर्वतारोही साथीहरुकै हौसलामा मैले उम्मेदवारी दिएको हुँ ।
मरो व्यक्तिगत स्वार्थ छैन । एनएमएमा आएर आरोहण क्षेत्रमा नयाँ परिवर्तन ल्याउनेछु । अप्ठ्यारोमा परेको बेला विदेशीको मुख ताक्नुपर्ने बाध्यताको अन्त्य गर्दै आरोेहिलाई सर्टिफिकेट दिलाउनु मेरो मुख्य जिम्मेवारी हुनेछ ।

वि.सं.२०७४ साउन १८ बुधवार २१:०५ मा प्रकाशित

You can share this post!

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १२:१५

काठमाडौँ, ११ वैशाखः कतारका अमिर शेख तमिम बिन हमाद अल...

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५९

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा...

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५१

ढोरपाटन (बागलुङ), ११ वैशाख: बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक...

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४६

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा...

सिईडिबी हाईड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति पनि तय

सिईडिबी हाईड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति पनि तय

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४०

काठमाडौं। सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी   

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:३१

मलेखु (धादिङ), ११ वैशाखः रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल...