काठमाडौ । एनएमबि क्यापिटलले एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–१ का इकाईधनीलाई करसहित २१.०५६३ प्रतिशत नगद लाभांश दिने भएको छ । क्यापिटलको आइतबार बसेको सञ्चालक समिति बैठकले नगद लाभांश दिने निर्णय गरेको हो ।
सुलभ इन्भेष्टमेन्ट फन्डको कोष व्यवस्थापक एनएमबि क्यापिटल हो । एनएमबि क्यापिटलकै व्यवस्थापनमा एनएमबि हाइब्रिड फन्ड पनि सञ्चालनमा छ ।
प्रकाशित मितिः २०७४ भदौ १२
वि.सं.२०७४ भदौ १२ सोमवार १२:०८ मा प्रकाशित