back
NMB ad

प्रिमियममा एफपिओ जारी गर्दै बैंक

Kumari bank ad

काठमाडौ। एनएमबी बैंकले सर्वसाधारण सेयरधनीको हिस्सा ४९ प्रतिशत पुर्याउन अर्को एफपिओ जारि गर्ने भएको छ। नेपाल धितोपत्र वोर्डले अनुमति दिए एनएमबीको तेस्रो एफपिओ हुने छ।

करिव ७र८ बर्षअघि पनि बैंकले सर्वसाधारणका लागि एफपिओ जारि गरेको थियो। चालु आर्थिक बर्षमै पनि बैंकले तत्कालीन क्लिन इनर्जी डेभलपमेन्ट बैंक मर्जहुँदा भित्रिएको डच साझेदार एफएमओका लागि एफपिओ जारि गरेको हो।

बैंकले चालु आर्थिक बर्षभित्रै एक अर्ब १४ करोड रुपैयाँको एफपिओ जारि गर्न लागेको हो। एफपिओ प्रस्ताव साधारणसभाबाट पारित भइसकेको छ।

मर्जरका कारण बैंकमा सर्वसाधारणको स्वामित्व ३९.९९ प्रतिशतमा आएको छ। बैंकले यसलाई ४९ प्रतिशत पुर्याउन खोजेको हो। बैंकले १०० रुपैयाँ अंकित दरको सेयर मूल्यमा ४२२ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता ५२२ रुपैयाँमा ल्याउने छ।

धितोपत्र वोर्डको नीति अनुसार आजको दिनको मूल्य ५२२ रुपैयाँ हो, बैंक स्रोतले भन्यो, स्वीकृतिका लागि वोर्ड जाँदासम्म मूल्य केही तलमाथि हुन सक्छ। तर मोटामोटी मूल्य यही हो। बैंकले एक करोड १४ लाख कित्ता सेयर जारि गर्ने छ।

बैंकले प्रस्ताव गरेकै मूल्यमा सेयर जारि गरेमा एक अर्ब १४ करोड रुपैयाँ चुक्ता पूँजीमा जाने छ। पाँच अर्ब ९५ करोडमध्ये बाँकी रकम जगेडा कोषमा जाने छ, जुन आवश्यक पर्दा वोनस सेयर जारी गरेर चुक्ता पूँजीमा परिणत गर्न सकिन्छ।

एफएमओको एफपिओसमेत गरेर बैंकको चुक्ता पूँजी ६ अर्ब ४६ करोड रुपैयाँ पुगिसकेको छ। सर्वसाधारणको एफपिओबाट एक अर्ब १४ करोड बढ्दा बैंकको चुक्ता पूँजी ७ अर्ब ६० करोड रुपैयाँ नाघ्ने छ। बैंकले नाफाबाटै वोनस सेयर दिएर पूँजी ८ अर्ब पूर्याउने छ।बिजमाण्डु डटकमबाट

प्रकाशित मितिः २०७३ चैत २७

वि.सं.२०७३ चैत २७ आइतवार १४:३८ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...