back
NMB ad

एक अर्ब मूल्य बराबरको एनएमबि हाईब्रिड फण्डको नेप्सेमा कारोबार खुल्यो

Kumari bank ad

काठमाण्डौं । एनएमबि हाईब्रिड फण्ड एल एक को मंगलबारबाट नेपाल स्टक एक्सचेञ्जमा कारोबार खुलेको छ ।नेप्सेले सेयर कारोबारका लागि NMBHF1 सिम्बोल दिएको छ । नेप्सेले पहिलो कारोबारको प्रति इकाई मूल्य १० रुपैयाँ तोकेको छ।

एक अर्ब रुपैंँयाँको आकार रहेको सात बर्षे एनएमबि हाईब्रिड फण्ड एल १ कोष प्रबर्द्धक रहेको एनएमबि म्यूचुअल फण्ड अन्तर्गत संचालित फण्ड हो। एनएमबि हाईब्रिड फण्ड एल १ ले गत साता मात्र एक अर्ब मूल्य बराबरको दश करोड ईकाई नेप्सेमा सुचिकृत गराएको थियो ।

गत भदौमा यो फण्ड निस्कासन गरिएको थियो । प्रति इकाई १० रुपैयाँका दरले ६ करोड ८० लाख इकाई निस्कासन गरिएको थियो। सो फण्डमा साना लगानीकर्ताले ८३.२२ प्रतिशत र ठुला लगानीकर्ताले १५.७७ प्रतिशतका दरले इकाई प्राप्त गरेका थिए ।

फण्डको प्रतिएकाई मूल्य मंसिर मसान्तमा दश रुपैँया सात पैसा रहेको छ । फण्डले २७ करोड रुपैँया बराबरको रकम सुचिकृत कम्पनीको धितोपत्रमा लगानी गरेको छ ।

११ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ ११ मंगलवार १३:४७ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...