back
NMB ad

प्रदेश नं. २ को पर्यटकीय बिकासमा एमाले

Kumari bank ad

काठमाडौँ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले देशको आर्थिक समृद्धिका लागि पर्यटनको विकासमा जोड दिनुपर्ने बताएका छन् ।

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठन प्रदेश नम्बर २ ले आज काठमाडौंमा आयोजना गरेको ‘तराई–मधेसमा पर्यटन विकास र प्रवद्र्धन’ विषयक अन्तक्र्रिया कार्यक्रममा पोखरेलले पर्यटनको विकास गर्न सके देशको मुहार नै फेर्न सकिने धारणा राखे ।

“जनकपुर, गढीमाई, सिम्रौनजस्ता तराईमा पर्यटकीय सम्भावना भएका क्षेत्र छन्”– उनले भने “ती क्षेत्रको विकास गर्नमा ध्यान पु¥याउनसके पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।”

कार्यक्रममा सङ्गठनका प्रदेश नं २ का संयोजक विजयकुमार दत्तले ‘तराई–मधेसमा रहेको पर्यटकीय क्षेत्रको सम्भाव्यताबारे कार्यपत्र प्रस्तुत गर्दै सरकारले पर्यटन विकासमा चासो नदिएकाले तराई–मधेसमा रहेको पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न नसकिएको बताए ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य डा वंशीधर मिश्रले पर्यटन भित्र्याउनका लागि हुलाकी राजमार्ग, बारा अन्तर्राष्ट्रिय विमानस्थलजस्ता ठूलो आयोजना चाँडो निर्माण गर्नुपर्ने विचार व्यक्त गरे ।
कार्यक्रममा नेकपा एमाले पर्यटन प्रवद्र्धन विभाग प्रमुख सूर्य थापा, एमाले पोलिटव्युरो सदस्य सत्रुघन महतो, सांसद लालबाबु यादव, मिना यादव, नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष चन्द्रप्रसाद रिजाल लगायतले तराई मधेसको पर्यटकीय सम्भावना र नेकपा एमालेले उठाएको एजेण्डाको विषयमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

वि.सं.२०७४ जेठ १० बुधवार २०:३८ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...