back
NMB ad

नोटमा स्टिच लगाउन पाइँदैन भन्दै सर्वोच्चमा मुद्दा

Kumari bank ad

काठमाण्डौं । सफा नोट प्रयोग गर्न पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ। नोटमा स्टिच लगाउने र केरमेट तथा झुत्रा बनाउन बन्द गर्ने मागसहित सर्वोच्च अदालतमा मुद्दा दायर भएको हो।

अधिवक्ताहरु अनन्तराज लुईंटेल, मनोज खड्का, प्रविन्द्रराज जोशी र रुद्रप्रसाद पाठकले नेपाल सरकार, अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाइ मुद्दा दायर गरेका हुन्। सफा नोट प्रयोग गर्न पाउनु पर्ने आम नागरिकको अधिकार भएको भन्दै उनीहरुले स्टिच गर्ने तथा केरमेट गर्ने कार्यमा बन्देज लगाउन रिटमा माग गरिएको छ।

‘संसारभर सफा नोट प्रयोग गर्न पाउनुपर्ने अभियान नै छ, भारतमा पनि सन् २००५ मा यस सम्बन्धि सर्कुलर भइसकेको छ,’ लुईंटेलले भने, ‘बैंकहरुले जथाभावी झुत्रा बनाइरहेका छन्, स्टिच गरिरहेका छन्। त्यसलाई बन्द गर्नुपर्छ।’ उनीहरुले यसबारेमा कानुनी व्यवस्था गर्ने गरी आदेसको पनि माग गरेका छन्। रिटमा बैंक तथा वित्तीय संस्थासम्बन्धि ऐन २०५८ मा यसबारेमा व्यवस्था नभएको भन्दै ऐन संशोधनका लागिसमेत आदेशको माग गरिएको छ।

प्रकाशित: बिजमाण्डु, २८ फागुन २०७२, ८.००

वि.सं.२०७२ फागुन २८ शुक्रवार ११:१५ मा प्रकाशित

You can share this post!

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत   

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:२९

काठमाडौँ, ११ वैशाख : आज बसेको लगानी बोर्डको ५८औँ बैठकले...