back
NMB ad

उत्तर कोरियाको आणविक परीक्षण ठूलो चुनौतीः दक्षिण कोरिया

Kumari bank ad

दक्षिण कोरियाका विदेशमन्त्री काङ् क्याङ्वाले उत्तर कोरियाले हालै गरेको आणविक परीक्षण आगामी दिनका लागि सबैभन्दा ठूलो चुनौती भएको बताएका छन् । उनले भने– यो आणविक परीक्षण दक्षिण कोरियाका लागि आगामी कैयौँ बर्षहरुका लागि समेत एउटा ठूलो चुनौतीका रुपमा रहने छ । साथै आफ्नो देशको कूटनीतिक मात्र नभएर सुरक्षा चुनौतीका रुपमा पनि यो मुद्दा आगामी दिनमा झनै खतरनाक रुपमा आउने उनले बताए ।

उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायको आग्रहलाई लत्याउँदै आणविक परीक्षणहरु गर्दै आएको छ । उसले गतहप्ता मात्र पनि एउटा शक्तिशाली परीक्षण गरेको थियो । उक्त परीक्षण हाइड्रोजन बम विश्रित रहेको पुष्टी भएपछि यसले संसारमा नै ठूलो तनाव उत्पन्न गरेको छ । विश्वमा उत्तर कोरियाको सो परीक्षणबाट उत्पन्न परिस्थितिका बारेमा यतिबेला समीक्षा गरिँदैछ ।

दक्षिण कोरियाली विदेशमन्त्री काङ् क्याङ्वाले सोमबार पत्रकार सम्मेलनका क्रममा सो धारणा राखेका हुन् । उनले उत्तर कोरियाको यस आणविक परीक्षणका कारण कोरियाली प्रायद्वीपमा ठूलो अशान्ति मच्चिएको बताए ।

उत्तर कोरियाली नेताले उक्त हाइड्रोजन बमको परीक्षणका अन्वेषक र यसमा संलग्न मिसाइल बैज्ञानिकहरुसँग शनिबार राति रात्रिभोज गर्दै उक्त परीक्षणको सफलताका लागि उत्सव पनि मनाएका थिए । कोरियाली सरकारी सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार कोरियाली मिसाइल बैज्ञानिकहरुलाई आगामी दिनमा थप हतियारको विकासका लागि पनि निर्देशन दिएका थियो । उनले अझै शक्तिशाली हतियार र क्षेप्यास्त्र निर्माणका लागि निर्देशन दिएको समाचारमा उल्लेख गरिएको छ । त्यसको एक दिनपछि दक्षिण कोरियाली विदेशमन्त्रीले यो चिन्ता व्यक्त गरेका हुन् ।

उत्तर कोरियाले सन् २००६ बाट यो परीक्षण गर्दै आएको हो । गत हप्ता गरेको सो परीक्षण छैठौँ पटकको हो । तर यो नै अहिलेसम्मका सबै परीक्षाणहरुका तुलनामा सबैभन्दा बलियो हो भनिएको छ । संसारमा हतियारको खतरा पैदा भएको मात्र नभई आणविक शस्त्रको होड बढाउने त्रासका रुपमा यो परीक्षण आएको टिप्पणी संसारमा भइरहेका बेला उत्तर कोरियाको छिमेकी देश दक्षिण कोरियाले पनि यो प्रतिक्रिया दिएको पाइएको छ ।

प्रकाशित मितिः २०७४ भदौ २७

वि.सं.२०७४ भदौ २७ मंगलवार १२:४० मा प्रकाशित

You can share this post!

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३१

काठमाडौं । ज्योति क्यापिटलले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए....

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१८

काठमाडौँ, १४ वैशाख : दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु...

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१२

हेमन्त जोशी काठमाडौँ, १४ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर...

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...