back
NMB ad

उत्तर कोरिया प्रति चीन पनि आक्रामक,कपडा आयातमा प्रतिवन्ध,तेल आपूर्ति बन्द गर्ने

Kumari bank ad

बेइजिङ। चीनले उत्तर कोरियातर्फ गर्ने गरेको पेट्रोलियम पदार्थ आपूर्तिलाई आगामी अक्टुवर १ देखि नियन्त्रण गर्ने भएको चिनियाँ बाणिज्य मन्त्रालयले शनिबार जनाएको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले उत्तर कोरियाद्वारा निरन्तर रूपमा गर्दै आएका आणविक अस्त्र परीक्षणलाई लिएर आर्थिक प्रतिबन्ध लगाउने बिषयप्रति लक्षित गर्दै उक्त निर्णय गरेको हो । चीनले उत्तर कोरियामाथि प्रतिबन्ध कडा पार्दै उक्त मुलुकबाट आफूले गर्ने कपडाको आयातलाई शनिबार ९सेप्टम्वर २३० बाट नै बन्द गर्ने घोषणा गरेको छ ।

संयुक्त राष्ट्रसंघले तयार पारेको चीन तथा उत्तर कोरियाबीचको भन्सार तथ्याङ्क अनुसार सन् २०१६ मा चीनबाट प्रतिदिन छ हजार ब्यारेल इन्धन उत्तर कोरिया निर्यात गरिएको थियो । तर चीनले सन् २०१४ पछि उत्तर कोरियालाई दिने गरेको इन्धनको तथ्याङ्क सार्वजनिक नगरेका कारण इन्धन निर्यातको वास्तविक तथ्याङ्क भने सार्वजनिक हुन नसकेको बताइएको छ ।

संयुक्त राष्ट्रसंघले ११ दिनअघि पहिले पारित गरेको नयाँ प्रतिबन्ध अनुसार पछिल्लो चिनियाँ घोषणा आएका भएपनि यस बिषयमा विश्व समुदायलाई विश्वस्त पार्न खुला नाकाको फाइदा लिँदै हुनसक्ने चोरी निकासीमा नियन्त्रण गरेको सुनिश्चित गर्नुपर्नेछ ।

चीनको उत्तर कोरियामाथिको प्रतिबन्धपछि कपडाको व्यापारबाट गर्ने प्रमुख आम्दानीमा ठूलो घाटा हुने देखिएको छ । किनकी उत्तर कोरियाको आम्दानीको दोस्रो प्रमुख आधार कपडाको विक्री हो । चीनको प्रतिबन्धपछि प्योङ्याङ्ले वार्षिक ७० करोड डलर बराबरको आम्दानीको स्रोत भने गुमाउने अनुमान गरिएको छ ।

शुरुमा वासिङ्टनले उत्तर कोरियामाथि पूर्ण प्रतिबन्ध लगाउन आग्रह गरेपनि चीन र रसियाको समर्थन लिन पछि उक्त अडानमा अमेरिका केही लचिलो बनेको हो । चीन उत्तर कोरियाको एकमात्र र प्रमुख ब्यापार सहयोगी रहेको र उत्तर चीनमाथि करिव ९० प्रतिशत आर्थिक क्रियाकलापमा जिम्मेवार रहँदै आएको छ । रासस/एएफपी

प्रकाशित मितिः २०७४ असोज ८

वि.सं.२०७४ असोज ८ आइतवार १०:०२ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...