back
NMB ad

देशको परमाणु कार्यक्रम पूरा गरेर अमेरिकी सेनाको बराबरीमा आउनेछौं उत्तर कोरियाको प्रतिबद्धता

Kumari bank ad

शुक्रबार बिहानको मिसाइल परिक्षणमाथि चौतर्फी विरोधपछि पनि उत्तर कोरियाली नेता किम जोंग–उनले देशको परमाणु कार्यक्रमलाई पूरा गर्ने प्रतिबद्धता दोहोराएका छन् ।

उत्तर कोरियाको सरकारी मिडियाले यो खबर सार्वजनिक गरेको हो । समाचार एजेन्सी केसीएनएका अनुसार किम जोंग उनले अमेरिकी फौजको प्रतिस्पर्धामा ‘सन्तुलन’ स्थापित गर्नु उक्त कार्यक्रमको मुख्य उद्देश्य बताएका छन् ।

किम जोंग–उनको भनाई उद्धृत गर्दै केसीएनएले भन्यो, ‘हामीले ती शक्तिशाली देशलाई देखाउनु छ कि हाम्रो देश उनीहरुको असिमित प्रतिबन्ध र अड्चनका बाबजूद कसरी आफ्नो परमाणु कार्यक्रम पूरा गर्दछ ।’

उनले भने, ‘हाम्रो उद्देश्य अमेरिकी फौजको तुलनामा आफ्नो सन्तुलन बनाउनु हो ता कि अमेरिकी शासक सैन्य विकल्पबारे सोच्ने हिम्मतसमेत गर्न नसकून् ।’
यसअघि उत्तर कोरियाको ताजा मिसाइल परिक्षण निकै उत्तेजित गरिदिने किसिमको बताउँदै संयुक्त राष्ट्र सुरक्षा परिषदले यसको कडा विरोध गरेको छ । बिहिबार उत्तर कोरियाले जापानतर्फ आफ्नो अहिलेसम्मको लामो दुरीको मिसाइल परिक्षण गरेको थियो ।

त्यसपछि सुरक्षा परिषदले बोलाएको आपतकालीन बैठकमा प्योंगयांगबाट यस्तो प्रकारको कारवाहीलाई तत्काल रोक्न भनियो ।

मिसाइल परिक्षण लगत्तैको तिखो बयानपछि अमेरिका, चीन र रुस यो मुद्दामा सँगै देखिए । बयानमा सदस्य देशलाई प्रतिबन्धलाई कडा रुपमा लागु गर्न आग्रह गरियो ।

सुरक्षा परिषदका अध्यक्ष टेकेडा एलेमूले बयानमा भने, ‘परिषद् डेमोक्रेटिक पिपल्स रिपब्लिक अफ कोरियाको ब्यालेस्टिक मिसाइल लञ्चको निन्दा गर्दछ । सुरक्षा परिषद्को मान्यता अनुसार सबै सदस्य देश पूर्ण रुपमा र तत्काल, परिषदको प्रस्तावलाई लागू गरुन् । परिषदले यो आवश्यकतामा पनि जोड दिन्छ कि कोरिया परमाणु निःशस्त्रीकरणको प्रतिबद्धताप्रति ठोस कारवाहीमार्फत गम्भीरता देखाइयोस् र कोरियाली प्रायद्वीपमा तनावलाई कम गर्नका लागि काम गरियोस् ।’

यसै बिच, संयुक्त राष्ट्रमा अमेरिकी राजदूत निकी हेलीले यदि कडा आर्थिक प्रतिबन्ध सफल नभए वासिङ्टनसँग सैन्य कारवाहीको अन्य विकल्प पनि भएको बताएकी छिन् ।

यद्यपी, संयुक्त राष्ट्रमा रुसी राजदूत वेसिली नेबेंजियाका अनुसार कूटनीति नै यो संकटको एकमात्र विकल्प हो । (बीबीसीको सहयोगमा)

प्रकाशित मितिः२०७४ भाद्र ३१

वि.सं.२०७४ भदौ ३१ शनिवार १२:२२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...