back
NMB ad

उत्तरको सम्बोधनले ल्याएको तरङ्ग

Kumari bank ad
  • एकराज पाठक

काठमाडौं । विश्वमा तरङ्ग सधैँ उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणले नै ल्याएको हुन्छ । कहिले हाइड्रोजन बम मिसाएर ६ म्याग्निच्युडको भूकम्प ल्याउने गरी, कहिले जापानको आकासको बाटोहुँदै क्षेप्यास्त्र हानेर त कहिले अमेरिकाको यो वा त्यो सहरसम्म मारहान्न सकिने भनेर उत्तर कोरियाले तरङ्ग ल्याउने गरेको छ । तर यतिखेरको तरङ्ग उसको आणविक होडले ल्याएको भने होइन ।

यतिखेरको तरङ्ग पनि उत्तर कोरियाली नेताकै कारण उत्पन्न भएको त हो तर त्यो क्षेप्यास्त्रले नभएर उहाँको सम्बोधनले । नयाँवर्ष सन् २०१८ को शुभकामना स्वरुप देशवासीका नाममा उत्तर कोरियाली नेता किम जोङ उनले गरेको सम्बोधनबाट उत्तर र दक्षिण कोरियामा यतिखेर नाटकीय परिवर्तन आएको छ, भने यसले संसारमा नै सकारात्मक तरङ्ग ल्याइदिएको छ । र उत्पन्न यस तरङ्गका कारण कोरियाली प्रायद्धीपहुँदै विश्वसम्म नै शान्तिको आशा पनि पलाउन थालेको छ ।

बारम्बारको क्षेप्यास्त्र परीक्षण र अमेरिका र दक्षिण कोरियामाथि नै आक्रमणको धम्कीका कारण गएको वर्षभरि लगभग विश्व राजनीतिको केन्द्रमा रहेको र अमेरिका तथा विश्वकै टाउको दुखाई बनेको उत्तर कोरियाली नेतामा अहिले देखापरेको यो नरमपनले शान्ति र सौहार्द रुप लेओस भन्ने मनोकांक्षा पनि यतिखेर विश्वका नागरिकमा देखिएको छ ।

कम्तीमा छ दशक लामो यी दुई कोरियाबीचको दुस्मनी र दक्षिणको पक्षधर अमेरिकासँगको टकरावका कारण उत्तर कोरिया अमेरिकाको मात्र नभएर विश्वकै टाउको दुखाई बन्न पुगेको छ । अमेरिकालाई लक्ष्य गरेर गर्ने गरेका एकपछि अर्को शक्तिशाली क्षेप्यास्त्रको दुरुपयोगले संसारमा लिनसक्ने स्वरुप सीधामात्र हुदैन भन्ने चिन्ता हो संसारको । त्यसैले त यतिसानो प्रयासमा पनि उनीहरुको शान्तिप्रतिको ठूलो आशा जाग्ने गर्दछ ।

आज अघि बढिरहेको आणविक परीक्षणको होड अनि यसको प्रतिरक्षाका लागि अमेरिका, दक्षिण कोरिया र जापानले गरिरहेको प्रतिरक्षा प्रणालीको विकासको प्रयोग भोलि के त्यही रुपमा हुन सक्ला त भन्ने नै हो विश्वको अहिलेको चिन्ता । यो चिन्तामा केही मलम लगाउने काम उत्तर कोरियाली नेताको पछिल्लो नरमपनले गरेको छ । जसलाई शान्ति वार्ता र त्यसपछि दुई कोरियाको एकीकरणसम्म लैजान सकिन्छ कि भन्ने प्रयास दक्षिणले गर्ने देखिएको छ ।

दक्षिण कोरिया र सम्भवत अमेरिकाले पनि उत्तर कोरियाली नेताले त्यो सम्बोधनमा के घोषणा गर्दैछन् भन्ने बारेमा बडो चनाखो भएर सुनेका थिए । जनवरी १ मा उहाँले गर्नुभएको सम्बोधनमा अर्को नयाँ क्षेप्यास्त्र परीक्षणको घोषणा हुने त होइन भन्ने पनि त्रास थियो । किनभने त्यसको अघिल्लो दिन नै उत्तर कोरियाली नेताले क्षेप्यास्त्रको बटम आफ्नो टेबलमा रहेको र त्यो कुनैपनि बेला पड्किन सक्ने धम्की नै दिएका थिए । त्यसैले यी दुई देश र सम्भवत विश्वले नै उनको सम्बोधनको पूर्ण पाठ नै सुनेको थियो ।

त्यस सम्बोधनका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाले राखेको वार्ताको प्रस्ताव स्वीकार गरेका थिए । यसअघि दक्षिण कोरियाले बारम्बार उत्तरसँग राखेको द्धिपक्षीय वार्ताको प्रस्तावको कुनै पनि ‘रेस्पोन्स’ उत्तरले गरेको थिएन । यसरी एकातर्फ आफ्नो वार्ताको प्रस्तावको बेवास्ता गर्ने र अर्कातर्पm एकपछि अर्कोगरी क्षेप्यास्त्र परीक्षण गर्दै जाने उत्तरको चालबालीले गर्दा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन पनि वार्ताको सम्भावना नरहेको अवस्थामा पुगेका थिए । तर उत्तरको यो पछिल्लो स्वीकारोक्तिले दक्षिणलाई मात्र राहत दिएको होइन यसले संसारमा नै आशाको सञ्चार गर्न सकेको छ ।

यही सम्बोधनपछि पछिल्लो समयमा यी दुई देशबीचको सम्बन्धमा सुधार आएको छ । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले उत्तर कोरियाली नेताको सम्बोधनको तत्कालै स्वागत गरे र तत्कालै मन्त्रिपरिषदको बैठक डाकेर उच्चस्तरीय द्धिपक्षीय वार्ताको तयारी थाल्न निर्देशन दिए । दक्षिण कोरियाले आयोजना गरी सहभागिताका लागि उत्तर कोरियालाई आमन्त्रण गरेको शीतकालीन ओलम्पिक खेलमा पनि उत्तर कोरियाले सहभागिता जनाउने खबर पठाएकोले खेलकूदको तयारी गर्न निर्देशन दिएका थिए ।

दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयका प्रवक्ताले सोलमा शुक्रबार आयोजित पत्रकार सम्मेलमा भने — दक्षिण कोरियाले पठाएको उच्चस्तरीय वार्ताको प्रस्ताव उत्तर कोरियाले स्वीकारेको छ र हामीले आयोजना गरेको ओलम्पिक खेलमा पनि सहभागी हुने खबर पठाएको छ, यसप्रति हामी निकै खुसी छौँ र सो वार्ता र खेलकूदको तयारी गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छौँ ।

सो वार्ता यही जनवरी ९ मा गर्नेगरी तय गरिएको छ । वार्ता दक्षिण कोरियाको नियन्त्रणमा रहेको पानामजुमस्थित शान्तिगृह ‘पिस हाउस’ मा आयोजना गरिएको छ । वार्ताको प्रस्ताव गतवर्ष देखि नै दक्षिण कोरियाले गरेको थियो । वार्ताले यी दुई देशको सम्बन्ध सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

उता उत्तर र दक्षिण कोरियाबीच पछिल्लो समयमा सुरुवाता गरिएको हटलाइन टेलिफोन सेवा पनि यही बुधबारबाट पुनः सुरु भएको छ । यसको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले पनि स्वागत गरेका छन् । उत्तर कोरियाली नेता किम जोङ उनको आदेशमा दुईवर्ष अघि बन्द गरिएको उक्त सेवा बुधबार अपराह्नबाट पुनः सुरु भएको हो । महासचिव गुथ्रेसले यस वार्तालाई शान्ति वार्ताका रुपमा सदुपयोग गर्न आग्रह गरेका छन् ।

दक्षिण कोरियाको राष्ट्रपतिमा निर्वाचित भएपछि इनले दुई कोरियाको एकीकरणसम्मको आकांक्षा व्यक्त गरेका थिए । दुई कोरियाको विभाजनपश्चात् उनका पिता मुन योङ्ग–ह्युङ्ग उत्तर कोरियाबाट पलायन भई शरणार्थीको रुपमा दक्षिण कोरिया प्रवेश गरेका थिए । इन पनि आफ्ना पिताजीसँगसँगैै दक्षिण कोरिया आएका हुन्, यद्यपि उनको जन्म भने दक्षिणमा नै भएको हो ।

उनले बाल्यकालमा रमाएको भूमिमा पुगेर सद्भाव देखाउने र छिट्टै प्योङ्याङ भ्रमण गर्ने इच्छा व्यक्त गरेका थिए । यसमार्फत दुई कोरियाकै एकीकरणमा पनि आफूले सार्थक पहल थाल्ने उनको चाहना आजसम्म दुई कोरियाको उच्चस्तरीय वार्तासम्म पनि पुग्न सकेको छैन । यस्तो अपेक्षित सार्थक वार्ताको सट्टा गएको वषएदिन उत्तरतर्फ उल्टै कैयौँ पटक क्षेप्यास्त्र मात्र पड्किएका छन् ।

सन् १९५० जुन २० देखि १९५३ जूलाई सम्म पटक पटक भएका युद्धमा हजारौँ कोरियालीले ज्यान गुमाए र अन्ततः सन् १९५३ मा कोरिया बिभाजन भयो । उत्तर र दक्षिणमा विभाजित यी देशको सीमानासँगै देशबासीका आफन्त पनि छुट्टिए । दुई देशबीच बेलाबखतमा यी आफन्तको मेलमिलाप भएको दृश्यले विश्वको कुनै पनि स्थानमा बसोबास गरिरहेका व्यक्तिको हृदय छुन्छ । बाबु–छोरा, दिदी–बहिनी, दाजु–भाई जस्ता रगतको नाताका सदस्य पनि दुई देशका नागरिक र त्यो पनि शत्रुतापूर्ण रुपमा बाँच्नु परिरहेको छ ।

उत्तरको आणविक होडले आपसमा झन् शत्रुता थप्दैछ । त्यसैले एकिकरणको सपना पालेर बाँचिरहेका यी दुई देशका नागरिकहरुका लागि पनि यतिखेरको सामान्य प्रयासले सार्थकता पाउन सकोस् भन्ने कामना छुट्टिएर रहेका यी परिवारका सदस्य र विश्वकै नागरिकले गरिरहेका छन् । यी दुई देशका बीचमा पलाएको यो पछिल्लो आशाको त्यान्द्रो आपसी सद्भावको विकास हुदै एकीकरणसम्म पुगोस् भन्ने विश्वका शान्तिप्रीय नागरिकको चाहना छ । (विभिन्न एजेन्सीको सहयोगमा)

२०७४ पुस २४ मा प्रकाशित

वि.सं.२०७४ पुस २४ सोमवार ०८:३८ मा प्रकाशित

You can share this post!

शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का   

शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का   

वि.सं.२०८० चैत ६ मंगलवार ०७:१२

काठमाडौँ, ६ चैत : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक...

सहकारीको यकिन तथ्याङ्क निकाल्न मन्त्रालयले पहल गर्छः मन्त्री अधिकारी   

सहकारीको यकिन तथ्याङ्क निकाल्न मन्त्रालयले पहल गर्छः मन्त्री अधिकारी   

वि.सं.२०८० चैत ६ मंगलवार ०७:०५

काठमाडौँ, ५ चैत : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

पुँजीगत खर्च वृद्धि गर्न अर्थमन्त्रीलाई चेम्बरको आग्रह   

पुँजीगत खर्च वृद्धि गर्न अर्थमन्त्रीलाई चेम्बरको आग्रह   

वि.सं.२०८० चैत ६ मंगलवार ०६:५८

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सले पुँजीगत खर्चमा वृद्धि गरी...

कुमारी बैंकले सुरु गर्याे रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर सुविधा

कुमारी बैंकले सुरु गर्याे रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर सुविधा

वि.सं.२०८० चैत ६ मंगलवार ०६:५३

काठमाडौं । कुमारी बैंक लिमिटेडले, आफ्नो नवीनतम डिजिटल उपकरण, रिकरिङ्ग...

निसीखोला बस दुर्घटना : नौ जनाको मृत्यु, २८ घाइते   

निसीखोला बस दुर्घटना : नौ जनाको मृत्यु, २८ घाइते   

वि.सं.२०८० चैत ६ मंगलवार ०६:४६

ढोरपाटन (बागलुङ), ६ चैत : बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको...

साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै   

साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै   

वि.सं.२०८० चैत ६ मंगलवार ०६:४२

काठमाडौँ, ६ चैत : सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति...