back
NMB ad

जापानको जमिनमाथि मिसाईल प्रहार गरेलगतै उत्तर कोरियाले भन्योःअबको निशाना अमेरिकाको गुआम

Kumari bank ad

उत्तर कोरियाले जापानको जमिनमाथिबाट मिसाइल प्रहार गर्नु प्रशान्त महासागरमा आफ्नो सैन्य कारवाहीको पहिलो चरण रहेको बताएको छ । अब आफ्नो तयारी प्रशान्त महासागरमा रहेको अमेरिकी क्षेत्र गुआममा मिसाइल आक्रमण रहेको उत्तर कोरियाले बुधबार चेतावनी दिएको छ ।

उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले जापानमाथिबाट मिसाइल प्रहार गर्नु आफ्नो देशको प्रशान्त महासागरको सैन्य कारवाही अभियानको पहिलो चरण रहेको चेतावनी दिएको हो ।उत्तर कोरियाले मंगलबार बिहान ‘अल्ट्रा मोर्डन रकेट सिस्टम’ सहितको मिसाइल जापानको जमिनमाथिबाट प्रहार गरेको थियो । उत्तर कोरियाका नेता किम जोङ–उनले यो मिसाइल आक्रमणको प्रशंसा गरेको समाचार संस्था केसिएनएले उल्लेख गरेको छ । मिसाइल आक्रमणबाट नेता किम निकै उत्साहित रहेको प्योङयाङमा रहेका उत्तर कोरियाका अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।

उत्तर कोरियाले प्रहार गरेको मिसाइल जापान माथिबाट उड्यो । स्थानीय समय अनुसार मंगलबार बिहान उत्तर कोरियाले जापानको जमिनमाथिबाट जाने गरी मिसाइल प्रहार गरेको हो । सुरक्षात्मक चुनौतीका कारण जापानले मिसाइल ध्वस्त पार्नका लागि केही प्रयास गरेको थिएन । मिसाइल समुद्रमा खस्नुअघि तीन टुक्रा भएको थियो। उत्तर कोरियाले पछिल्लो ८ वर्षमा धेरै प्रकारका धेरै मिसाइल परीक्षण गरेको छ ।

तर जापानको माथिबाट जाने गरी मिसाइल परीक्षण गरेको यो पहिलो पटक हो । गएको शुक्रबार र शनिबार उत्तर कोरियाले पूर्वी तटीय क्षेत्रबाट तीनवटा छोटो दूरीका मिसाइल परीक्षण गरेको थियो । पछिल्लो मिसाइल जापनमाथिबाट गएपछि तनाव थप बढ्ने शंकेत देखिएको छ ।

प्रकाशित मितिः२०७४ भदौ १५

वि.सं.२०७४ भदौ १५ बिहीवार ११:४६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...