back
NMB ad

 उत्तर कोरियाको चेतावनीःअमेरिकाले भयानक पीडा भोग्छ

Kumari bank ad

काठमाडौ । संयुक्त राष्ट्रसंघको नयाँ आर्थिक प्रतिवन्धपछि उत्तर कोरियाले अमेरिकामाथि भयानक पीडा पुर्याउने चेतावनी दिएको छ । संयुक्त राष्ट्र संघमा उत्तर कोरियाका दूतले अमेरिकामाथि राजनीतिक आर्थिक र सैन्य मुकाबलाको विकल्प चुनेको आरोप लगाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार उत्तर कोरियासँग लड्नका लागि जो गर्न सक्यो त्यसको तुलनामा यो प्रतिवन्ध केही पनि होइन । संयुक्त राष्ट्रसंघको नयाँ प्रतिवन्धको उद्देश्य उत्तर कोरियाका लागि तेल निर्यात रोक्नु र उसको हतियार कार्यक्रमका लागि आम्दानी सक्नु हो ।

यसै महिना उत्तर कोरियाले आफ्नो छैंठौ तथा अहिलेसम्मको सवैभन्दा ठूलो परमाणु परीक्षण गरेको थियो । यो प्रतिवन्ध त्यही कामको जवाफमा दिइएको थियो । उत्तर कोरियाका संयुक्त राष्ट्रसंघका दूत हानताए सांगले यसलाई अवैध बताएका छन् ।

जेनेभामा संयुक्त राष्ट्र संघको एक सम्मेलनमा उनले उत्तर कोरिया जे गर्न जादै छ त्यसले अमेरिका ठूलो पीडा मा पर्ने छ जो उसले यसअघि देखेको थिएन भन्दै अमेरिकामाथि चेतावनी दिए । संयुक्त राष्ट्र संघले सर्वसम्मत रुपमा उत्तर कोरिया विरुद्ध नयाँ प्रतिवन्ध पारित गरेको छ ।

तर यो त्यतिखेर सम्भव भएको थियो जतिवेला चीन र रुसको आग्रहमा अमेरिकाले प्रस्तावलाई केही नरम बनाएको थियो । शुरुवातमा उत्तर कोरियाबाट तेल आयातमाथि पूर्ण प्रतिवन्ध लगाउने मस्यौदा तयार गरेका थिए । केही विशेषत्रका अनुसार यस्तो गरेको खण्डमा उत्तर कोरियाको सरकार अस्थिर हुन सक्थ्यो ।

सन २००६ को संयुक्त राष्ट्र संघको सुरक्षा परिषद् उत्तर कोरियाको विरुद्ध नौ प्रस्तावलाई एक मतले मञ्जुरी दिएको छ ।

प्रकाशित मितिः२०७४ भदौ २८

वि.सं.२०७४ भदौ २८ बुधवार १३:३९ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...