काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रवक्ताको जिम्मेवारी नारायण पौडेललाई दिएको छ । त्रिलोचन पङ्गेनीलाई हटाएर बैंकिङ सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक पौडेललाई प्रवक्ता बनाइएको हो ।
जनशक्ति व्यवस्थापन विभागका कार्यकारी निर्देशक रहेका पङ्गेनीलाई प्रवक्ताबाट हटाउँदै राष्ट्र ऋण विभागमा सरुवा गरिएको छ ।
राष्ट्र बैंकले बुधबार जारी गरेको विज्ञप्तिअनुसार नवनियुक्त प्रवक्ता पौडेलले व्यवस्थापन, अर्थशास्त्रमा स्नातकोत्तर हुन् । उनले वेलायतबाट वित्त व्यवस्थापनमा समेत स्नातकोत्तर गरेका छन् । उनी २०४६ जेठबाट राष्ट्र बैंकमा आवद्ध छन् ।
प्रकाशित मितिः २०७३ कार्तिक ३
वि.सं.२०७३ कात्तिक ३ बुधवार १४:३४ मा प्रकाशित