back
NMB ad

१३ वाणिज्य बैंकले राष्ट्र बैंकसमक्ष माफी मागे,सुक्ष्म अनुसन्धानसँगै कारबाहीको तयारी !

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले १३ वटा बाणिज्य बैंकहरुमा सुक्ष्म अनुगमन गरेको छ । राष्ट्र बैंकको सुपरिवेक्षण विभागले १३ वटा समुह खटाएर ती बैंकहरुको कर्जा लगानीको तथ्यांकको अध्ययन गरेको गरेको हो ।१३ वटा बाणिज्य बैंकमा सुक्ष्म अनुसन्धान गर्यौं, उनीहरुले कर्जा लगानीमा जथाभावी गरेको देखियो, अहिले माफी मागेका छन’, नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले भने ।

ती बैंकहरुलाई कस्तो कारवाही गर्ने भन्नेबारे छलफल भैरहेको पनि उनले बताए । व्यवस्थापिका संसदको लेखा समिति बैठकमा वर्तमान तरलताको अवस्था र त्यसको समाधानका लागि राष्ट्र बैंकले अवलम्बन गरेको कार्ययोजनाको जानकारी दिँदै गभर्नर डा. नेपालले भने–यो तरलता अभावको अवस्था होइन, केहि बैंकहरुले मार्जिन लेण्डिङमा धेरै लगानी गरेकाले आएको समस्या मात्रै हो ।’

डा. नेपालले माघ १३ गतेपछि तरलताको अवस्थामा सुधार आउँदै गरेको बताउँदै केहि समय भित्रै सहज अवस्थामा पुग्ने दावी समेत गरे । उनले साढे ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न २० प्रतिशत कर्जा वृद्धि आवश्यक ठानेर राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको तर ३० प्रतिशत कर्जा बढेपछि तरलताको अवस्था खडा भएको बताए ।

केन्द्रिय बैंकले तरलता व्यवस्थापनका लागि १९० अर्ब लैजान भनेको तर बैंकले ३२ अर्ब मात्रै लगेकाले पनि बजारमा तरलताको अवस्था नरहेको दाबी गरेक ।

प्रकाशित मितिः २०७३ माघ २५

वि.सं.२०७३ माघ २५ मंगलवार १०:३८ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...