back
NMB ad

अपडेट : नुवाकोट दुर्घटनामा ८ सैनिकको मृत्यु

Kumari bank ad

काठमाडौं । नुवकोटको मदानपुरमा माइक्रोबस दुर्घटना हुँदा ८ जनाको मृृत्यु भएको छ । नुवाकोटको मदानपुर–८ केउरेनीमा दुर्घटना भएको हो । गम्भीर घाइते ६ जनाको उपचारको लागि काठमाडौँ पठाइएको नुवाकोट जिल्ला प्रहरी कार्यालयले जनायो ।

 दुर्घटनाका ८ मृतक मध्ये ५ जनाको सनाखत भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी अर्जुन न्यौपानेका अनुसार दुर्घटनामा माइक्रोबसका चालक दामोदर कँडेल, सैनिक जवान यशोदा कार्की, इश्वर कार्की, पदम राई र सन्तोष बोगटीको मृत्यु भएको हो। अन्य तीन जनाको सनाखत हुन बाँकी छ।
दुर्घटनामा १५ जना घाइते छन् । काठमाडौंबाट त्रिशुलीतर्फ जाँदै गरेको बा १ ज ७५ ८३ नम्बरको माइक्रो सडकबाट करिव ३ सय मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो । माइक्रोबसमा विदुरस्थित सैन्य तालिम केन्द्रमा तालिमरत सिपाइहरु थिए ।
दुर्घटना लगत्तै जिल्ला प्रहरी कार्यालय नुवाकोटको टोली, नेपाली सेना र स्थानीय घटनास्थलमा उद्धारमा खटिएका छन्।
२३ माघ २०७२ / ३:०१:१७

वि.सं.२०७२ माघ २३ शनिवार १५:०७ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...