back
NMB ad

यस्तो छ घलेभञ्ज्याङमा पर्यटनको सम्भावना

Kumari bank ad

नुवाकोट । पञ्चकन्या गाउँपालिका–३ स्थित घलेभञ्ज्याङको अहिले पर्यटकीय गन्तव्यका रुपमा सम्भावना बढदै गएको छ ।

काठमाडौँबाट करिब ५० किलोमिटरको दूरीमा रहेको उक्त स्थानबाट विभिन्न हिमालका साथै मनमोहक दृश्यावलोकन गर्न सकिने हुँदा पर्यटनको राम्रो विकास हुन थालेको छ । समुद्री सतहदेखि एक हजार ७०० मिटर उचाइमा रहेको उक्त स्थानबाट राउचुली, लाङटाङ, लाङटाङ री, पुमरी, दोर्जे लाक्पा नामका हिमाललाई नजिकबाट हेर्न सकिन्छ ।

निकै उचाईमा रहेकाले उक्त स्थानबाट धादिङ, गोर्खा, रसुवा, सिन्धुपाल्चोक लगायतका स्थान पनि देख्न सकिने हुँदा त्यस क्षेत्रका चारैतिरका टारी खेत तथा जंगलको हरियाली अर्को विशेषताका रुपमा रहेको छ । विभिन्न चराचुरुङ्गीको आवत–जावत हुने त्यस आसपास क्षेत्रमा पूर्वाधारको विकासका लागि भने केही लगानी गर्नुपर्ने देखिएको छ ।

हाल पञ्चकन्या गाउँपालिका तथा साबिक पञ्चकन्या गाविस–१ मा पर्ने उक्त क्षेत्रका तत्कालीन वडाध्यक्ष राम थापाले पर्यटन क्षेत्रको विकासका लागि पर्याप्त अवसर रहेको हुँदा स्थानीय तहले प्रदेश र केन्द्रीय सरकारसँग समन्वय गरी यातायातको विकास तथा भौतिक पूर्वाधारको संरचना तयार गर्नुपर्ने बताए ।

काठमाडौँको नयाँ बसपार्क गोँगवुबाट मानेभञ्ज्याङसम्म सार्वजनिक बस सेवा सञ्चालन हुने गरेको भए पनि स्थानीय छहरेबाट अगाडि बढेपछि कच्ची सडक हुँदै करिब २० किलोमिटर माथिसम्म जानपर्ने बाध्यता छ ।

वेलुमकोट, भैरुमकोट, सिमलकोट, मालाकोट, धुवाकोट, कालीकाकोट, धैवुङकोट, प्यासकोट र सल्यानकोट तथा स्थानीय भञ्ज्याङलाई विभिन्न कोणबाट हेर्न सकिन्छ । डाँडामा चलिरहने बतासबाट वायु ऊर्जाको समेत सम्भावना छ । यी नौवटा कोटबाट नुवाकोट नामाकरण हुन गएको विश्वास छ ।

स्थानीय कुण्डला उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर थापाका अनुसार पहिले तत्कालीन तिब्बतसँग आर्थिक कारोबार गरिँदै आएको मानेभञ्ज्याङ पुरानो व्यापारिक नाकाका रुपमा त्यसै क्षेत्रमा अवस्थित छ । बिजुली बत्तीको समस्या नरहेको त्यस क्षेत्रमा घलेको उल्लेख्य बसोबास रहेको घले गाउँ छ ।

पञ्चकन्या गाउँपालिकामा करिब तीन हजार ५०० जनसङ्ख्या छ । चामल, कोदो, मकै, अदुवाको उत्पादन हुने उक्त क्षेत्रमा ‘होम स्टे’ का लागि पनि प्रयत्न भइरहेको छ । त्यति अग्लो क्षेत्रमा भएका टारी खेतमा फल्ने स्थानीय चामल अर्को विशेषताका रुपमा लिइएको छ ।

गोँगवु क्षेत्रबाट त्यहाँ घुम्न आएका शिवराज अधिकारीले राजधानीबाट धेरै टाढा नभएकाले फुर्सदको समयमा साथीभाइसँग घुम्न आउँदा रमाइलो हुने र आनन्द प्राप्त भएको बताउँदै स्थानीयवासीले प्रचार–प्रसार गर्न सकेमा त्यस क्षेत्रले विशेष महत्व प्राप्त गर्ने विचार व्यक्त गरे ।

स्थानीयवासीले सामान्य खाजाघर सञ्चालन गर्दै आएको घलेगाउँमा क्रमिक रुपमा पर्यटन विकास हुँदै जाँदा आवासीय होटल तथा रेस्टुरेन्ट स्थापना गर्नुपर्ने आवश्यकता देखिएको छ । तामाङ समुदायको बाक्लो बस्ती भएको यहाँ क्षत्री, बाहुन र विष्टको पनि मिश्रित बसोबास पाइन्छ ।

डाँडामा भ्यू प्वाइन्ट निर्माण गरेमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न बल पुग्ने स्थानीयवासी टेकबहादुर भण्डारीको भनाइ छ । पञ्चकन्या मन्दिर, कालिका मन्दिरमा विभिन्न समयमा लाग्ने जात्रा पर्व त्यहाँको अर्को रमाइलो पक्ष छ । नुवाकोटको दरबार क्षेत्र पनि यहाँबाट देख्न सकिन्छ । कृष्णराज गौतम/रासस 

२०७४ माघ ३ गते प्रकाशित

वि.सं.२०७४ माघ ३ बुधवार ०९:२० मा प्रकाशित

You can share this post!

शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का   

शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का   

वि.सं.२०८० चैत ६ मंगलवार ०७:१२

काठमाडौँ, ६ चैत : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक...

सहकारीको यकिन तथ्याङ्क निकाल्न मन्त्रालयले पहल गर्छः मन्त्री अधिकारी   

सहकारीको यकिन तथ्याङ्क निकाल्न मन्त्रालयले पहल गर्छः मन्त्री अधिकारी   

वि.सं.२०८० चैत ६ मंगलवार ०७:०५

काठमाडौँ, ५ चैत : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

पुँजीगत खर्च वृद्धि गर्न अर्थमन्त्रीलाई चेम्बरको आग्रह   

पुँजीगत खर्च वृद्धि गर्न अर्थमन्त्रीलाई चेम्बरको आग्रह   

वि.सं.२०८० चैत ६ मंगलवार ०६:५८

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सले पुँजीगत खर्चमा वृद्धि गरी...

कुमारी बैंकले सुरु गर्याे रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर सुविधा

कुमारी बैंकले सुरु गर्याे रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर सुविधा

वि.सं.२०८० चैत ६ मंगलवार ०६:५३

काठमाडौं । कुमारी बैंक लिमिटेडले, आफ्नो नवीनतम डिजिटल उपकरण, रिकरिङ्ग...

निसीखोला बस दुर्घटना : नौ जनाको मृत्यु, २८ घाइते   

निसीखोला बस दुर्घटना : नौ जनाको मृत्यु, २८ घाइते   

वि.सं.२०८० चैत ६ मंगलवार ०६:४६

ढोरपाटन (बागलुङ), ६ चैत : बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको...

साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै   

साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै   

वि.सं.२०८० चैत ६ मंगलवार ०६:४२

काठमाडौँ, ६ चैत : सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति...