back
NMB ad

अमेरिकी राष्ट्रपति ओबामाद्वारा नेपालको संविधान दिवसमा शुभकामना !

Kumari bank ad

काठमाडौँ । अमेरिकाका राष्ट्रपति बाराक ओबामाले नेपालको संविधान दिवसका उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेपाली जनतालाई एक सन्देश पठाइ शुभकामना तथा बधाइ ज्ञापन गरेका छन् ।

शुभकामना सन्देशमा राष्ट्रपति ओबामाले संयुक्त राज्य अमेरिकाका जनताको तर्फबाट शुभकामना व्यक्त गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।

सन्देशमा ओबामाले भनेका छन् “तपाईंको देशमा विनाशकारी भूकम्प गएको एक वर्षभन्दा बढी समय बितिसकेको छ र त्यस विपत्मा आफ्ना प्रियजन गुमाएका परिवारहरूको शोक अझै पनि अमेरिकी जनताले अनुभूत गरिरहेका छन् । त्यस शोकका बीच पनि नेपालको भविष्यका लागि ठूलो आशा रहेको छ । आफ्ना घर र जीवनहरू पुनर्निर्माण गरेका नेपालीहरूको बलको अमेरिकाले सधैँ प्रशंसा गरिरहनेछ र यस प्रयत्नमा तपाईँहरूलाई सहयोग गर्नका लागि हामी आफूले सक्ने सहयोग गरिरहने छौँ ।”
उनले नेपालको जलविद्युत् सम्भावनाको बृद्धि, पूर्वाधार विकास र दुखद द्वन्द्वबाट प्रभावित सबैका लागि न्यायको खोजी लगायतका उपलब्धिमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राष्ट्रपति ओबामाले लोकतन्त्रले प्राकृतिक सम्बन्ध स्थापना गर्दछ भन्दै आगामी वर्षहरूमा दुई देशबीचको त्यस सम्बन्धलाई प्रगाढ बनाउन चाहेको उल्लेख गरेका छन् ।

असोज ३ २०७३

वि.सं.२०७३ असोज ३ सोमवार ०९:३५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...