back
NMB ad

कतै तपाईको सेयर नपरेको पैसा पनि फ्रिज हुँदै त छैन ? विचार पुर्याउनुहोस् है !

Kumari bank ad

काठमाण्डौं । साधारण सेयरमा आबेदन गर्दा सेयर नपरी बाँकी रहेको पैसा लिन ढिलाई गर्नुभयो ? यदि तपाइँले पनि पाँच बर्षदेखि पैसा फिर्ता लिनुभएको छैन भने अब त्यो पैसा सदाका लागि फ्रिज हुँदैछ ।

कम्पनी रजिष्ट्रारको कार्यालयले सबै सुचिकृत कम्पनीहरुलाई परिपत्र गरी लगानीकर्ताले फिर्ता नलिएको पाँच बर्ष पुरानो रकमका बारेमा जानकारी दिन एक महिनाको अबधि तोकेको छ ।

सुचिकृत कम्पनीहरुले पाँच बर्ष अघि बितरण गरेको नगद लाभांश तथा सेयर आबेदन गर्दा बाँकी रहेको पैसा फिर्ता नलिएको भए लगानीकर्ता संरक्षण कोषमा जाने ब्यवस्था गरिएको छ । तत्काल त्यस्तो रकम फिर्ता नलिने लगानीकर्ताले सदाका लागि रकम गुमाउनु पर्ने भएको छ ।

५ वर्ष भन्दा लामो समयसम्म नगद लाभांश तथा सेयर नपरेको पैसा संकलन नभए पछि त्यसलाई पूँजी बजार सुधारको काममा प्रयोग गर्न लागिएको हो । कम्पनी ऐन २०६३ अनुसार भएको व्यवस्थाले लगानीकर्ता संरक्षण कोषको स्थापना, व्यवस्थापन तथा सञ्चालनको लागि कार्यविधि स्वीकृत भए पछि स्थापना गरिएको कोषमा त्यस्तो रकम जम्मा गर्न लागिएको हो ।

२ मंसिर २०७३, १२।००

वि.सं.२०७३ मंसिर २ बिहीवार १३:४८ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...