काठमाडौ। सरकारले आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यो निर्णय गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयल निगमका लागि जग्गा खरिद गर्दा घोटला गरेको आरोप लागेका खड्कालाई हटाउने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए। यसअघि मन्त्रिपरिषद् बैठकले नै खड्कालाई हटाउने विषयमा पनि छलफल भएको थियो।
मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले कुनै काननुी आधारमा नटेकी खड्कालाई हटाउँदा उनी अदालतबाट पुनर्बहाली हुन सक्ने भन्दै समिति बनाएरमात्र उनलाई हटाउने उपयुक्त हुने सुझाव दिएका थिए। तर आज बसेको बैठकले खड्कालाई हटाउने निर्णय गरेको हो।
खड्कामाथि पेट्रोलियम पदार्थ भण्डारणका लागि देशका विभिन्न ठाउँमा जग्गा खरिद गर्दा ६ गुणासम्म बढी मूल्य बढि बनाएको आरोप लागेको छ।
प्रकाशित मितिः २०७४ असो २
वि.सं.२०७४ असोज २ सोमवार १२:१७ मा प्रकाशित