back
NMB ad

फागुनभित्रमा १२ हजार सवारी साधनहरु नष्ट गरिँदै, हेर्नुहोस् सूचना

Kumari bank ad

काठमाण्डौं । नेपाल सरकारले २० बर्ष पुराना १२ हजार सार्वजनिक सवारी साधनहरुलाई पत्रु गर्ने भएको छ । यातायात ब्यवस्था बिभागले जारी गरेको सुचना अनुुसार बाग्मती अञ्चलको हकमा नामसारी भई दर्ता हुन आएका २० बर्ष पुगेका सम्पूर्ण सार्वजनिक सवारी साधनहरु आगामी फागुन १७ गतेभित्र  पत्रु गरिसक्नुपर्ने भएको छ ।

सरकारले २०७१ फागुन १८ मा राजपत्रमा प्रकाशन गरी दुई बर्षभित्रमा २० बर्ष पुराना सार्वजनिक सवारी साधन नष्ट गरिसक्ने जनाएको थियो । त्यसैगरी २०७४ फागुन ३० भित्रमा भने देशभरिबाट यस्ता पुराना सार्वजनिक सवारी साधनहरु पत्रु गरिसक्नु पर्ने भएको छ ।

यातायात मन्त्रालयको समृद नेपालका लागि सडक, रेल तथा यातायात विकास पाँच वर्षे रणनीतिक  कार्ययोजनामा उल्लेख भए बमोजिम बिस वर्ष भन्दा पुराना सम्पूर्ण सार्वजनिक सवारी साधनहरु तोकिएकै समयभित्र पत्रु  गर्न, गराउन सम्बन्धित गाडी धनीहरुलाई सरकारले अपील गरेको छ ।

तोकिएको समयाबधि भित्र पत्रु नभईसकेका सवारी साधनहरुलाई नेपाल भर सञ्चालनमा रोक लगाईने र कही कतै सञ्चालन गरिएको भेटिएको खण्डमा त्यस्ता सवारी साधनहरुलाई जफत लगायत अन्य कानुनी कारबाही समेत गरिने चेतावनी सरकारले दिएको छ । यस्ता सवारी साधनहरुको जाँचपास, कागजात नविकरण बन्द भईसकेको छ ।

हाल नेपालमा अनुमानित ६०,००० को संख्यामा सार्वजनिक सवारी साधनहरु संचालनमा रहेकोमा १२,००० को संख्यामा २० वर्ष पुराना सवारी साधनहरु संचालनमा रहेको अनुमान गरिएको छ ।

२३ मंसिर २०७३, ११।००

वि.सं.२०७३ मंसिर २३ बिहीवार १६:५२ मा प्रकाशित

You can share this post!

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२९

क्यानबेरा(अष्ट्रेलिया),६ वैशाख : पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी...

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२४

काठमाडौं । एनएमबि बैंकले बल्खु शाखाबाट शुरु गरि किर्तिपुरमा अवस्थित...

मनकामना केबलकार शुक्रबार बन्द हुने   

मनकामना केबलकार शुक्रबार बन्द हुने   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:१६

नारायणगढ (चितवन), ६ वैशाख : मनकामना केबलकार भोलि शुक्रबार एक...

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:३५

काठमाडौँ, ६ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा...

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:२४

लिस्बन (पोर्चुगल), ६ चैत : सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस)...

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:१६

काठमाडौँ, ६ वैशाख : सरकारले यस वर्ष (विसं २०८१)लाई नवीकरणीय...