Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर ९ , २०७४  |  
Saturday, November 25, 2017

ओली र प्रचण्डले सँगै १४ शहरमा सम्बोधन गर्ने

November 9, 2017

Prachanda-KP-Oli-talking

काठमाडौ । आसन्न मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्तरुपमा देशका १४ प्रमुख शहरमा वाम गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार दुवै नेताले कात्तिक २९ देखि मंसिर ९ गतेसम्म विभिन्न १४ शहरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नेछन् । पूर्वदेखि पश्चिममा महत्वपूर्ण शहरमा वाम गठबन्धनद्वारा आयोजना हुने चुनावी सभालाई दुर्य नेताले सम्बोधन गर्नेछन् ।

उनका अनुसार कात्तिक २९ गते गोरखा, कात्तिक ३० गते बागलुङ र स्याङ्जा, मंसिर २ गते दमक, ३ गते काँकडभित्ता र विराटनगर, मंसिर ५ गते चितवन, मंसिर ६ गते बुटवल र दाङ, मंसिर ७ गते सुर्खेत र दैलेख, मंसिर ८ गते कैलाली र कञ्चनपुर तथा मंसिर ९ गते पोखरामा सम्बोधन गर्नेछन् ।

प्रकाशित मितिः२०७४ कार्तिक २३

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु