back
NMB ad

मर्जमा जान लागेका विकास बैंकले दिनेभए ३० प्रतिशत हकप्रद

Kumari bank ad

काठमाण्डौं । ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंक दुबैले एक आपसमा गाभ्ने गाभिने र मर्ज पश्चात ३० प्रतिशत हकप्रद निष्काशन गर्ने मुख्य प्रस्ताव राखेर चैत १ गते विशेष साधारणसभा डाकेका छन् । पोखरामा केन्द्रीय कार्यालय रहेको ओम र गोर्खामा मुख्य कार्यालय रहेको मनास्लु एक आपसमा मर्ज हुन लागेका हुन् । मर्ज गर्ने प्रयोजनका लागि उनीहरुले पाँच बर्षे व्यवसायिक योजना तथा सर्वेक्षण समेत पारित गर्देछन् ।

हाल ओमको चुक्ता पूँजी एक अर्ब ३६ करोड र मनास्लुको चुक्ता पूँजी ३० करोड रुपैँया रहेको छ । मर्जर पश्चात बैंकको चुक्ता पूँजी एक अर्ब ६४ करोड ३९ लाख रुपैँया चुक्ता पूँजी पुग्नेछ । बैंकले प्रस्ताव गरेको ३० प्रतिशत हकप्रद सेयर जारीपछि बैंकको चुक्ता पूँजी दुई अर्ब १३ करोड ७० लाख रुपैँया पुग्नेछ । त्यसपछि चालु आर्थिक बर्षको कमाईबाट दिईने बोनसबाट चुक्तापूँजी २ अर्ब ५० करोड पुर्याउने योजना बैंकको रहेको छ ।

राष्ट्रिय स्तरको ओम डेभलपमेन्ट बैंकको २६ वटा शाखा रहेका छन् भने नयाँ ५ वटा शाखा खोल्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको छ । मनास्लुको नौ शाखा रहेका छन् ।

१५ फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन १५ आइतवार १२:१३ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...