काठमाण्डौं । वोमी माइक्रोफाइनान्सले पनि भदौ १३ गतेदेखि ५० प्रतिशत अर्थात दुई बराबर एकका दरले हकप्रद सेयर जारी गर्ने भएको छ ।
कम्पनीको चौथो वार्षिक साधारणसभाले पचास प्रतिशत हकप्रद निष्कासनको प्रस्ताव पारित गरेको थियो । बैंकको हकप्रदमा असोज २६ गतेसम्म आवेदन दिन सकिनेछ । हकप्रद सेयर निष्काशन पश्चात संस्थाको चुक्ता पूँजी ५ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।
वोमी माईक्रोफाईनान्सले गत आर्थिक बर्षमा १ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । ३ करोड ६० लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा २ करोड ५२ लाख रुपैयाँ रहेको छ । हाल संस्थाको देशका विभिन्न ११ जिल्लाहरुका १६ वटा स्थानहरुमा शाखा कार्यालय सञ्चालनमा रहेका छन् ।
कम्पनीको निष्कृय कर्जा १.८५ प्रतिशत रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ४९.३३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ६८.७२ गुणा रहेको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
प्रकाशितः २०७३ साउन २८
वि.सं.२०७३ साउन २८ शुक्रवार १०:३१ मा प्रकाशित