back
NMB ad

आजदेखि २५ हजार रुपैयाँभन्दा बढी रकम भुक्तानी अनलाइनमार्फत

Kumari bank ad

काठमाण्डौं । सरकारी कार्यालयबाट दिने भुक्तानी सेवा आजदेखि अनलाइनमार्फत हुने भएको छ। पहिलो चरणमा आजदेखि सिंहदरबारभित्र रहेका कार्यालयबाट हुने भुक्तानी अनलाइनमार्फत दिने व्यवस्था मिलाइएको छ। पहिलो चरणमा आजदेखि २५ हजार रुपैयाँभन्दा बढी रकम भुक्तानी अनलाइनमार्फत गरिनेछ।

कोष तथा लेखा नियन्त्रक कार्यालयबाट चेकको सट्टामा बिल पेस गर्ने पक्षको बैंक खातामा रकम जम्मा हुनेगरी व्यवस्था मिलाउन लागिएको हो।

अहिले रकम भुक्तानीका लागि चेक साट्न कम्तीमा पाँचदेखि एक महिनासम्म लाग्ने गरेको छ। डिजिटल हस्ताक्षर प्रणालीको प्रयोग अनिवार्य नभएकाले अनलाइन भुक्तानी पूर्णरुपमा कार्यान्वयन आउन भने समय लाग्नेछ ।

अहिले कोष तथा लेखा नियन्त्रक कार्यालयले चेक जारी गर्ने गरेको छ। चेक प्राप्त गर्ने निकायले उक्त चेक बिल पेस गर्ने पक्षलाई बुझाउँछ। बिल पेस गर्ने पक्षले चेक बैंकमा पेस गरी भुक्तानी लिने प्रचलन छ। अनलाइन भुक्तानी सेवा सुरु भएपछि यो प्रक्रिया सरल हुने महालेखा कार्यालयको विश्वास छ। साथै जनशक्ति पनि कम लाग्ने आकलन कार्यालयको छ।

अनलाइनमार्फत भुक्तानीका लागि महालेखाले नेपाल क्यिरिङ हाउस लिमिटेड (एनसिएचएल) मार्फत सम्बन्धित बैंकमा भुक्तानी पठाउँछ। एनसिएचएलले अहिले विभिन्न बैंकहरुबीच पनि अन्तरबैंक विद्युतीय भुक्तानी सेवा दिँदै आएको छ। त्यसका लागि एनसिएचएलमा आवद्धता हुनुपर्नेछ।

१५ फागुन २०७३, बिजमाण्डु, ११।००

वि.सं.२०७३ फागुन १५ आइतवार १२:१७ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...