back
NMB ad

सोमबार के होला ? प्रमुख दलका शीर्ष नेता एकै ठाउँ यसरी भेटिंदैछन्

Kumari bank ad

काठमाडौ। राजनीतिक गत्यावरोध अन्त्य गर्ने लक्ष्यका साथ सभामुख ओनसरी घर्तीले प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक आह्वान गरेकी छन् । व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा सोमबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा प्रमुख तीन राजनीतिक दलका अतिरिक्त संसद्मा प्रतिनिधित्व गर्ने अन्य दलका नेतालाई समेत निमन्त्रणा दिइएको छ ।

बैठकमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, सङ्घीय समाजवादी फोरम नेपाल, तराई–मधेस लोकतान्त्रिक पार्टीका शीर्ष नेतालाई बोलाइएको सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।    संविधान संशोधनका विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालले लगातार संसद् अवरुद्ध गर्दै आएको सन्दर्भमा निर्वाचनसँग सम्बन्धित विधेयक अलपत्र परेको, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको महाअभियोगको प्रस्तावसमेत अगाडि बढ्न नसकेकाले सदनलाई अवरोध गर्नु जायज नभएको भन्दै सदन खुलाउने विषयमा छलफल गर्न सभामुखले पहल गर्न लागेकी हुन् ।

लगातार सदन अवरुद्ध हुनु जनताको आवाज अवरुद्ध गरेजस्तै हुने भन्दै सभामुखले विधि र प्रक्रियामा विश्वास गरेर अगाडि बढ्न दललाई आग्रह गरेको जानकारी दिँदै सल्लाहकार शर्माले भोलिको छलफललाई निष्कर्षमा पु¥याउनसमेत आग्रह गरेको जानकारी दिए ।

सरकारले सदनमा संविधान संशोधनको प्रस्ताव अगाडि बढाएपछि एमालेले लगातार सदनको कारबाही अवरुद्ध गर्दै आएको छ । एमालेलगायतका दलका अवरोधका कारण महत्वपूर्ण विधेयक अगाडि बढ्न सकेका छैनन् ।

स्थानीय निकायको निर्वाचनका लागि सरकारले प्रस्तुत गरेका विधेयक अगाडि बढ्न नसक्दा २०७४ माघ ७ गतेभित्र तीन तहको निर्वाचन सम्पन्न गर्ने राष्ट्रिय कार्यभार पूरा नहुने हो कि भन्ने आशङ्का पैदा भएको छ ।

यता एमालेले राष्ट्रहित विपरित संबिधान संशोधन हुन लागेको भन्दै निरन्तर संसद अबरुद्ध गर्दै आएको छ ।

प्रकाशित मितिः २०७३ पुस १०

वि.सं.२०७३ पुस १० आइतवार २१:०१ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...