back
NMB ad

यस वर्ष मनसुन लम्बिएपछि गत वर्षभन्दा २५ प्रतिशत बढी जमिनमा रोपाईँ !

Kumari bank ad

काठमाडौँ । आगामी वर्ष कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान करिब ३४ प्रतिशत रहेको छ । “यस वर्ष समयमा वर्षात् भएकाले धानको उत्पादनमा वृद्धि हुने प्रारम्भिक अनुमान गरेका छौँ,” कृषि विकास मन्त्रालयका सहसचिव योगन्द्रकुमार कार्कीले भने ।

कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमध्ये धानको योगदान १२ प्रतिशत छ । नेपालको प्रमुख खाद्यान्न बाली धान हो । गत वर्ष नेपालले लगभग रु २५ अर्बको चामल आयात गरेको थियो । तर यस वर्ष सो आयातमा कमी आउने दाबी कृषि विकास मन्त्रालयले गरेको छ । धानको उत्पादन बढ्दा कुल गार्हस्थ्य उत्पादनमा टेवा पुग्दछ भने घट्दा आर्थिक स्थिति तल झर्छ । नेपालमा चैतेधान, बर्खे धान र घैया धानको खेती हुँदै आएको छ ।

धान रोपाइँ गर्ने प्रमुख मौसम असार र साउन महिनामा पर्याप्त वर्षा भएकाले उत्पादनमा वृद्धि हुने भएको हो । साउन १० गतेसम्म करिब ८४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । पूर्वाअञ्चलमा ७१, मध्यमाञ्चलमा ७७, पश्चिमाञ्चलमा ९२, सुदूरपश्चिमाञ्चलमा ९८ प्रतिशत रोपाइँ सकिएको छ । पहाडी जिल्ला हुम्ला, जुम्ला, मुगु, डोल्पा, कालीकोट, दार्चुला, बजाङ, डँडेल्धुरामा रोपाइँ सम्पन्न भएको छ । मनाङ, मुस्ताङबाट धान रोपाइँको तथ्याङ्क आउन बाँकी छ । तराईको सप्तरी र सिराहामा धमाधम धान रोपाइँ भइरहेकाले यकिन तथ्याङ्क आउन बाँकी छ । यद्यपि साउन मसान्तभित्र करिब ९५ प्रतिशत जमिनमा रोपाइँ हुने विश्वास गरिएको छ ।

गत वर्ष साउन मसान्तमा करिब ७० प्रतिशत जमिनमा रोपाइँ भएको थियो । गत वर्षभन्दा यस वर्ष २५ प्रतिशत बढी जमिनमा रोपाइँ हुने अनुमानले कृषि क्षेत्रमा सुखद अनुभूति गर्न सकिने वरिष्ठ धान विशेषज्ञ भोलामान सिंह बस्नेत बताए । जम्मा ३० लाख ९१ हजार हेक्टर जमिनमा खेती गरिन्छ । जसमध्ये लगभग ५० प्रतिशत जमिन धानखेती गर्न योग्य छ । तर, सिँचाइ सुविधा नहुँदा आकासेखेतीमा निर्भर हुनुपर्छ । धान लगाउने मौसममा वर्षा भएन भने सिफारिस भएजति जमिनमा रोपाइँ हुन सक्दैन ।बर्सेनि धानखेती गर्ने जमिन घटिरहेको छ ।

यस वर्ष समयमा वर्षा भएकाले अहिलेसम्म ११ लाख ९२ हजार ९१० हेक्टर क्षेत्रफलमा धानखेती भइसकेको छ । यस वर्ष कुल १४ लाख २५ हजार ३४६ हेक्टर जमिनमा धान खेती गर्न मन्त्रालयले सिफारिस गरेको थियो । धान उत्पादन गर्ने जमिन एकनासले प्रयोग भएको छैन । आव २०६९र७० मा १५ लाख ३१ हजार ४९३, आव २०७०र७१ मा १४ लाख २० हजार ५७० र आव २०७१र७२ मा १४ लाख ८६ हजार ९५१ हेक्टर जमिन धानखेती गर्न योग्य मानिएको थियो । तर उक्त जमिन कहिले बढी खनजोत भई खेती गरिने र कहिले बाँझिने क्रमले आयातमा वृद्धि हुँदै गएको पाइन्छ ।

खेतीयोग्य जमिनको प्रयोग एकनास नभएकाले उत्पादनमा कमबेसी भएको छ । आव २०६९÷७० मा ५० लाख ७२ हजार २४८, आव २०७०÷७१ मा ४५ लाख ४५ हजार तीन र आव २०७१र७२ मा ५० लाख ४७ हजार ४७ मेट्रिक टन धान उत्पादन भएको थियो । गत आव २०७२र७३ मा करिब ५६ लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । नेपालीका लागि लगभग वार्षिक ६० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ । संसारको सबैभन्दा उच्च स्थानमा धानखेती हुने देश पनि नेपालको जुम्ला जिल्लाको छुमचौरमा पर्दछ ।

संसारमा कुल जनसङ्ख्याको आधा अर्थात् तीन अर्ब पाँच करोड जनसङ्ख्याको मुख्य खाना भात नै हो । एसियाली देशहरूमा ९० प्रतिशतभन्दा बढी धानको उत्पादनका साथै खपतसमेत हुने गरेको पाइन्छ । सबैभन्दा धेरै धान उत्पादन हुने देश चीन हो । नेपालमा धानको उत्पादन सरदर प्रतिहेक्टर तीन हजार किलो रहेको छ । सन् १९६६ देखि सन् २००९ सम्म इरीबाट विकसित विभिन्न धानका जात सदुपयोग गरी विश्वका ७८ देशमा ८६४ वटा धानका जात सिफारिस भएका छन् । नेपालमा पनि सिफारिस भएका ८६ वटा जातमध्ये सातथरीका मात्र रैथाने धानको खेती हुने गरेको बताइन्छ ।

१४ साउन २०७३, १२।३०

वि.सं.२०७३ साउन १४ शुक्रवार १२:४८ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...