back
NMB ad

कर्मचारीको सेटिंगमा भारतीय धानको बिउमा कालोबजारी

Kumari bank ad

चितवन । कृषिको विकास गर्ने जिम्मेबारी लिएको कर्मचारीकै मिलोमतोमा चितवनमा धानको बीउमा व्यापक रुपमा कालोबजारी भइरहेको छ । चितवनको नारायणगढ लगायतका बजार क्षेत्रमा अहिले धानको बीउमा कालोबजारी भईरहेको फेला परेको छ ।

धानको बीउ लगाउने मौसम शुरु भएसँगै बीउमा ब्यापक कालोबजारी भईरहेको हो । चितवनको नारायणगढ, भरतपुर, टाँडी, पर्सा, खोलेसिमल, भण्डारा, चनौली, गितानगर, माडि र नवलपरासीको गैडाकोट, कावासोती डण्डालगायत देशैभरका बजारमा विक्रीमा राखिएका धानका बीउमा सामान्य मूल्यभन्दा दशौं गुणा मुल्य बढाएर बिक्री भइरहेको छ । भारतीय कम्पनीको लोकनाथ ५०५ र गोरखनाथ ५०९ लगायतका धानका बीउ हाईव्रिड नभए पनि हाईब्रिडको मूल्यमा स्थानीय बजारमा बिक्री भईरहेको श्रोतले जनाएको छ ।

यसरी कर्मचारीको सेटिंगमा हुन्छ कालोबजारी

श्रोतका अनुसार गोरखनाथ बायोजिन्स इण्डिया लिद्धारा उत्पादित धानका बीउ लोकनाथ र गोरखनाथ हाईब्रिड नभए पनि हाईब्रिडको मुल्यमा विक्रि भईरहेको छ । सामान्य उन्नत वा लोकल जातका धानको विउको बजार मुल्य ३० देखि ५० रुपैयाँसम्म पर्छ, तर त्यही प्रकारको लोकनाथ र गोरखनाथ धानको बीउको बजार मूल्य ३ सय रुपैयाँभन्दा बढी छ ।

लोकनाथ र गोरखनाथ बीउलाई हाईब्रिड भन्दै जिल्ला कृषि विकास कार्यालय भरतपुरका भ्रस्ट कर्मचारीको मिलोमतोमा महँगो मूल्यमा नेपालका बजारहरुमा बिक्री भइरहेको छ । कृषि विकास मन्त्रालय अन्तर्गतको बिउविजन केन्द्र हरिहर भवन र जिल्ला कृषि विकाश कार्यालयको आँखामा धुलो हाल्दै खुलेआम रुपमा उक्त बीउको बिक्री बितरण भइरहेको छ ।

हाईब्रिडको मुल्यमा सामान्य जातको धानको बिउ विक्रि गर्नु भनेको ब्यापारीहरुलाई सरकारी निकायले पोसेको प्रस्टै देखिन्छ । नेपाल उपभोक्ता अधिकार मञ्च चितवनका अध्यक्ष कपिल पाण्डेले कालोबजारी भईरहेको उक्त धानको बिउ जफत गर्नुपर्ने सुझाव दिए ।

पाण्डेकाले कालो बजारीलाई रोक्न प्रशासनले अबिलम्ब अनुगमन गरी दोषिमाथि कारवाही गर्नुपर्ने माग गरेका छन् । जिल्ला प्रशासन कार्यालयका बजार संरक्षण अधिकृत ओमनारायण शर्माले चुनावको कारण केही दिन यतादेखि अनुगमन रोकिएको जानकारी दिए । उनले यसै साता अनुगमन गरेर बजार नियन्त्रण गर्ने दावी गरे ।

यसअघि गुणस्तरहिन मकैको बीउ बिक्री बितरण गरेको भन्दै स्थानीय प्रशासनले बायोजिन्स ईण्डिया लिमिटेडलाई कारवाही गरेको थियो । अहिले सोही कम्पनीले लोकनाथ र गोरखनाथ भन्ने धानको बीउ नेपालमा भित्र्याएको हो । यसरी बर्षौदेखि उक्त कम्पनीले ठगि गरिरहे पनि कृषि बिभाग, जिल्ला कृषि विकाश कार्यालय र जिल्ला प्रशासन मौन छ । न्यूजएग्रोडटकमबाट

प्रकाशित मितिः २०७४ जेठ २८

वि.सं.२०७४ जेठ २८ आइतवार १४:०७ मा प्रकाशित

You can share this post!

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५९

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा...

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५१

ढोरपाटन (बागलुङ), ११ वैशाख: बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक...

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४६

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा...

सिईडिबी हाईड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति पनि तय

सिईडिबी हाईड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति पनि तय

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४०

काठमाडौं। सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी   

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:३१

मलेखु (धादिङ), ११ वैशाखः रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:२५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउमा भारी गिरावट...