back
NMB ad

एक गाग्रो पानीको लागि दुई घन्टा पैदल

Kumari bank ad
पाल्पा । सोमादी गाविस–५, कोलधारास्थित सुन्दरडाँडामा खानेपानीको मुहान सुक्दा पिउने पानीका लागि स्थानीय जनता दुई घन्टा पैदल हिँड्न बाध्य छन् ।विश्वकर्मा समुदायको बस्ती रहेको यस भेगका मान्छेले जुकेखोलाबाट पानी बोकेर प्रयोग गर्दै आएका छन् । सोमादी गाविस–५ का स्थानीय बासिन्दा बीना सुनारका अनुसार अहिले दुई–तीन घन्टा लगाएर पानी बोक्नुपर्ने बाध्यता रहेको छ ।

“डाँडामा बस्ती भएकाले पानीको समस्या नै थियो, यसपालि लामो खडेरीले गाउँका मुहान सुकेका छन्, जुकेखोलाबाट पानी बोकेर खानुपर्ने बाध्यता छ,” बीना सुनारले भन्नुभयो ।

“रित्तो गाग्रो बोकेर ओरालो बाटो जानुपर्छ, पानी भरिएको गाग्रो बोकेर उकालो हिँड्नु पर्दा निकै समस्या हुने गर्छ,” सुनारले सुनाउनुभयो ।

बस्ती नजिकैको खानेपानी मुहान सुकेर एक गाग्रो पानीलाई एक रात बिताउँदै आएको स्थानीयवासीको भनाइ छ । जिल्ला सदरमुकाम तानसेन नपा, मुझुङ, सोमादी, छहरा, भुवनपोखरी, भैरवस्थानलगायत दर्जनौँ गाविसमा पानीको निकै समस्या रहेको छ ।

खानेपानीको मुहान सुक्दा घर तथा गोठ निर्माणमा समेत पानीको जोहो गर्न कठिनाइ भइरहेको छ । झन्डै ३०÷४० घर भएको यो बस्तीमा पानीलगायत आधारभूत आवश्यकताका अभावमा बर्सेनि गाउँबाट विस्थापित हुनेको सङ्ख्या बढ्दै गएको छ । छ घर परिवार गाउँबाट विस्थापित भई तराई सरेका हुन् ।

सोमादी गाविस–५ का स्थानीय बासिन्दा राजेन्द्र विश्वकर्मा गाउँमा आधारभूत आवश्यकता परिपूर्ति नहुँदा विस्थापितको सङ्ख्या बढेको छ ।

खानेपानी र सडक विस्तारका लागि पहल भइरहेको र आगामी आर्थिक वर्षभित्र स्थानीय बासिन्दाको पहुँच खानेपानी र सडकमा पुग्ने उहाँ बताउनुहुन्छ ।

प्रकाशितः २०७३ असार ४

 

वि.सं.२०७३ असार ४ शनिवार ११:२० मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...