काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले महाकाली सन्धिको महत्त्वपूर्ण अवयव पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयन हुनेमा आश्वस्त पारिरहेका बेला नेपाल र भारतबीच महाकालीको पानीलाई लिएर पुनः विवाद चर्केको छ । यो विवादले पञ्चेश्वरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)तयार हुनेमा आशंका बढेको छ ।
आगामी भदौ ५ गतेदेखि दुई दिन काठमाडौंमा हुने विज्ञहरुको टोली (टिम अफ एक्सपर्ट)को पहिलो बैठकमा नेपालले भारतले दाबी गर्दै आएका प्रस्तावलाई खण्डनसहित पुरानो अडान कायम राख्ने भएको हो ।
भारतले असार अन्तिम साता नेपाललाई डीपीआरबारे पत्राचार गर्दै तल्लो शारदाको पानीको हिसाब गर्न नपाइने र पञ्चेश्वरको माथिल्लो तटीय भागमा पर्ने पानीको परिमाण घटाई पञ्चेश्वर आयोजनाको विद्युत्त उत्पादन क्षमता ४८०० मेगावाट मात्रै हुने जनाएपछि नेपालले असन्तुष्टि व्यक्त गरेको उर्जा मन्त्रालयका एक अधिकारीले बताको आजको अन्नपूर्ण पोस्ट दैनिकले लेखेको छ ।
प्रकाशित मितिः२०७४ साउन २३
वि.सं.२०७४ साउन २३ सोमवार ०६:५३ मा प्रकाशित