back
NMB ad

पञ्चेश्वर टार्दै भारत

Kumari bank ad

काठमाडौं । पञ्चेश्व्र विकास प्राधिकरण (पिडिए)को गभर्निङ बडी बैठक छल्न अनेकौं बहाना देखाउँदै आएको भारतीय पक्षले यसपाली पनि उही प्रवृत्ति दोहोर्‍याएको छ ।

भारतीय जलस्रोत सचिव शशि शेखर कार्यव्यस्तता देखाउँदै आउन नमानेपछि सोमबार पोखरामा हुने तय गरिएको गभर्निङ बडीको चौथो बैठक अनिश्चित हुन पुगेको छ ।

नेपालका ऊर्जा र भारतीय जलस्रोत सचिले बैठकको अध्यक्षता गर्ने पिडिएमा प्रावधान छ । भारतीय पक्षले सचिवको ठाउँमा अतिरित्त सचिलाई जिम्मेवारी दिएर पठाएपछि रद्द गरने भएकाले नेपालका तर्फबाट बैठकमा सहभागी हुन गएका एक सदस्यले पोखराबाट जानकारी दिए ।

‘सचिव तहको पूर्ण बैठक नहुने भयो तर अपतरित्त सचिवको उपस्थितिमा केही छलफल हुनसक्छ,’ ती सदस्यले भने, ‘सचिव तहको बैठकमा अतिरित्त सचिव आएपछि एक त प्रोटोकल मिलेन, अर्को उच्च तहमा हुने निर्णय हुन सक्दैन। यसैले बैठक सर्ने भएको छ ।’

गभर्निङ बडीको तेस्रो बैठक पनि भारतकै कारण दुईपटक सरेको थियो। २०७२ पुस ७ र ८ गते काठमाडौंमा हुने भनिएको तेस्रो बैठक त्यतिबेला भारतीय जलस्रोत सचिव प्रधानमन्त्री नरेन्द्र मोदीसँग अस्ट्रेलिया जानु पर्ने भन्दै माघ २० र २१ गतेका लागि तोकिएको थियो । तर यो मिति पनि सरेर बैठक फागुनमा पुर्याइएको थियो ।

पञ्चेश्वर बहुद्देश्यीय आयोजना निर्माणमा भारतकै चासो नभएकाले बैठक सर्न लागेको मन्त्रालयका अधिकारीको तर्क छ । नागरिक दैनिकमा खबर छ ।

प्रकाशितः २०७३ असार २०

वि.सं.२०७३ असार २० सोमवार १०:१५ मा प्रकाशित

You can share this post!

एक रुपैयाँ बचतबाट बन्यो आठ करोडको पुँजी   

एक रुपैयाँ बचतबाट बन्यो आठ करोडको पुँजी   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:१५

तनहुँ, ४ वैशाखः सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपैयाँ...

प्यालेस्टिनी समर्थक प्रदर्शनकारीद्वारा प्रमुख अमेरिकी शहरमा विमानस्थल राजमार्ग र प्रमुख पुलहरू बन्द   

प्यालेस्टिनी समर्थक प्रदर्शनकारीद्वारा प्रमुख अमेरिकी शहरमा विमानस्थल राजमार्ग र प्रमुख पुलहरू बन्द   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:०६

शिकागो (अमेरिका), ४ वैशाख : प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरूले सोमबार अमेरिकी...

सिभिल मलमा खुल्यो ‘चिया अड्डा’को छैटौं आउटलेट 

सिभिल मलमा खुल्यो ‘चिया अड्डा’को छैटौं आउटलेट 

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:५७

काठमाडौं ।  व्यवसायिक भेटघाट र युवापुस्ता गफिने लोकप्रिय चिया-चेन ‘चिया...

भ्रष्टाचार अभियोगमा तत्कालीन कार्यालय प्रमुख विरुद्ध मुद्दा दायर   

भ्रष्टाचार अभियोगमा तत्कालीन कार्यालय प्रमुख विरुद्ध मुद्दा दायर   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:४७

काठमाडौँ, ४ वैशाखः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय...

महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन   

महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:४२

काठमाडौँ, ४ वैशाखः संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस हुनुभएका तोयम...

नेपाल एसबिआई बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

नेपाल एसबिआई बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:२९

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको...