back
NMB ad

पर्वतका पत्रकार भोलानाथ शर्माले गरे बीस लाखको अक्षयकोष घोषणा

Kumari bank ad

फलेवास (पर्वत), २६ भदौ । झन्डै दुई दशकदेखि व्यावसायिक पत्रकारिता र न्यायिक क्षेत्रमा क्रियाशील भोलानाथ शर्माको नाममा स्थापित भोला फाउन्डेसनले रु २० लाखको अक्षयकोषको घोषणा गरेको छ ।

शर्माको ४५औँ जन्मदिनको अवसरमा शनिबार उक्त अक्षयकोष घोषणा गरिएको हो । नेपाल पत्रकार महासङ्घ पर्वतका संस्थापक अध्यक्षसमेत रहनुभएका अधिवक्ता भोलानाथ शर्माले आफू अविवाहित भएकाले भावनात्मक सन्तानको विकास गर्ने र सामाजिक सेवामा लाग्न आमनेपालीलाई उत्प्रेरणा प्राप्त होस् भन्ने उद्देश्यले आफ्नो जीवनभरको कमाइ उक्त संस्थालाई दिएको बताए ।

उक्त प्रतिष्ठानले सामाजिक क्षेत्र, मानवअधिकार, कानुन र पत्रकारितामा नेपालमै सर्वोत्कृष्ट योगदान पु¥याउने एकजना राष्ट्रिय व्यक्तिलाई बर्सेनि पर्वतमा एक कार्यक्रमको आयोजना गरी रु एक लाख पुरस्कार राशिसहित सम्मान गर्ने भएको छ । सम्मानित हुने व्यक्तित्वले रु एक लाखभन्दा बढी नगद र प्रशंसापत्र पाउने भएका छन् । उक्त कोषको रकम अहिले रु २० लाखबाट सुरु भए पनि आगामी वर्षदेखि बढाउँदै लैजाने सोच रहेको प्रतिष्ठानका दाता शर्माले जानकारी दिए ।

उक्त पुरस्कार हरेक वर्षको भदौ २५ गते वितरण हुने भएको छ । सोसँगै प्रदेश नं ४ बाट एकजना उत्कृष्ट पत्रकारलाई पनि वार्षिक रुपमा रु २५ हजार नगदसहित पुरस्कृत गरिने भएको छ ।

उक्त अक्षयकोषको रकम बराबरको चेक शनिबार नेपाल पत्रकार महासङ्घ पर्वतका अध्यक्ष दुर्गाप्रसाद शर्मालाई हस्तान्तरण गरियो । शर्मा शारीरिक रुपमा अशक्त छन् । शर्मा पर्वतका प्रेस चौतारी नेपाल र नेपाल पत्रकार महासंघका संस्थापक समेत हुन् ।

वि.सं.२०७३ भदौ २६ आइतवार ०८:१२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...