back
NMB ad

मध्यरातमा हुने यस्तो अबैध कामको नियन्त्रण गर्ने कसले ?

Kumari bank ad

पर्वत। कालीगण्डकी नदीबाट अवैध रुपमा बालुवा, ढुङ्गा गिटी उत्खनन गर्ने शृङ्खला दिन प्रतिदिन बढ्दै गएको छ । प्राकृतिक संरचना नै बिग्रिने गरी कालीगण्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा दोहन हुन थालेपनि प्रशासनको नियन्त्रण गर्न सकेको छैन् । दैनिकजसो नदी गहिराएर उत्खनन गर्दा पनि नियन्त्रणका लागि प्रहरी प्रशासनले पहल नगरेको सर्वत्र गुनासो उठ्न थालेको छ ।

पोखरा–बागलुङ राजमार्ग र बेनी–मालढुङ्गा सडक नजिकै सञ्चालनमा रहेका क्रसर उद्योगले मध्यरातमा उत्खनन गर्न थालेका हुन् । वर्षायाममा रोकिएको उत्खनन कार्य नदीमा पानीको बहाव रोकिएलगत्तै पुनः सुरु भएको छ ।

जिल्ला विकास समितिले दिएको मापदण्डविपरीत नै हुने गरी कालीगण्डकीको बहाव परिवर्तन गरेर दैनिकजसो बालुवा, ढुङ्गा र गिटी उत्खनन गर्न थालेपछि स्थानीयवासीसमेत समस्यामा परेका छन् । जिविसले चालु आवका लागि कुल रु ७५ लाख २० हजारमा ठेक्का सम्झौता गरेको थियो ।

दिनमा प्रहरी प्रशासनको आँखा छल्नका लागि मजदुरमार्फत खनिएको जस्तो देखाए पनि मध्यरातमा डोजर र एक्साभेटर लगाएर दोहन भइरहेको स्थानीयवासीले बताएका छन् । गत वर्ष पनि यसरी नै दोहन भए पनि प्रहरीले कारबाही प्रक्रिया अघि बढाएपछि रोकिएको थियो ।

जिविससँग ठेक्का सम्झौता भए पनि सम्झौताविपरीत उत्खनन गरेको पाइएको स्वयम् जिविसले नै स्वीकार गरेको छ । स्थानीयवासीले रातिको समयमा उत्खनन गर्दा आसपासमा बसोबास गर्न समस्या भएको र सोही कारण वर्षायाममा पनि झन जोखिम बढ्ने भएकाले तत्काल नियन्त्रण गर्न माग गरेका छन् ।

क्षेत्रीय प्रशासक खगराज बरालले केही समयअघि रातिमा कालीगण्डकी दोहन गरेको गुनासो आएपछि स्थानीय प्रशासनलाई तत्काल रोक्न निर्देशन दिएको बताए । प्रजिअ शम्भुप्रसाद मरासिनीले जिविस, प्रहरी र प्रशासनको टोलीले अनुगमन गरेको र जिविससँग भएको सम्झौताविपरीतका कार्य भएको पाइएमा आवश्यक कारबाही गर्न भनी जिविसलाई निर्देशन दिएको बताएका छन् ।

रातभरि डोजर लगाएर उत्खनन गर्ने, दिउँसो केही मजदुर लगाएर थुप्रो बनाएजस्तो गर्ने र पुनः रात परेपछि डोजर र ट्रिपरको सहायताले उत्खनन गर्ने कार्य भइरहेको स्थानीयवासी रेशम मल्लले जानकारी दिए ।

यता क्रसर व्यवसायी रामकृष्ण मल्लले जिविससँग सम्झौता भएबमोजिम नै ढुङ्गा, बालुवा, गिटी निकालेको बताएका छन् । जसले ठेक्का लिएका छन्, उसैले आफ्नै क्रसर उद्योगसमेत सञ्चालन गरेर विगत केही वर्षदेखि दोहनको शृङ्खला सञ्चालन गरेका छन् ।

फाईल फोटोको प्रयोग

प्रकाशित मितिः २०७३ पुस २९

वि.सं.२०७३ पुस २९ शुक्रवार १३:५९ मा प्रकाशित

You can share this post!

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:३४

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...