back
NMB ad

जग्गा कित्ताकाट गर्न सरकारले लगाएको प्रतिबन्ध हटाउन माग !

Kumari bank ad

पर्सा । जग्गा कित्ताकाट गर्न सरकारले लगाएको प्रतिबन्ध हटाउन पर्साका किसानले माग गरेका छन् । किसान संर्घष समिति पर्साले आज वीरगन्जमा पत्रकारसम्मेलनको आयोजना गरी यस्तो माग गरेको हो ।

नेपालमा दिनानुदिन खेतीयोग्य जग्गामा भइरहेको कृषि कार्यबाहेकको गतिविधि रोक्न सरकारले जग्गाको वर्गीकरण गर्नुका साथै भू–उपयोग नीति ल्याउनुपर्ने किसानको माग रहेको छ । गत साउन २६ गतेको मन्त्रिपरिषद् बैठकले एक वर्षमा एक पटक मात्र जग्गा कित्ताकाट गर्न पाउने गरेको निर्णय खारेज गर्न सरकारलाई संर्घष समिति पर्साका संयोजक ज्योतिलाल कलवारले आग्रह गरे । उनले सरकारले भू–उपयोग नीति निर्माण नै नगरी खाद्यसुरक्षा तथा खाद्य सम्प्रभुताको नाममा जग्गा कित्ताकाटमा लगाएको प्रतिबन्ध अव्यावहारिक भएको र यसले किसानलाई समस्यामा परेकाले चाँडोभन्दा चाँडो प्रतिबन्ध हटाउन माग गरे ।

दिनानुदिन बढ्दै गएको जनसङ्ख्याको कारण खेतीयोग्य जग्गा घडेरीमा रुपान्तरित भएकाले बढ्दो जनसङ्ख्यालाई नियन्त्रण गर्न सरकारले कानून ल्याउनुपर्ने संयोजक कलवारको भनाइ रहेको छ । सरकारले लगाएको प्रतिबन्धका कारण तराईका जिल्लामा रहेका किसानले जग्गा बिक्री गर्न नपाउँदा छोराछोरीको विवाह वा बिरामीको उचारमा समस्या भएकाले मन्त्रिपरिषद्को निर्णयलाई खारेज गरी जनतालाई राहत दिन किसानले सरकारसँग आग्रह गरेका छन् ।रासस
फाईल फोटो

प्रकाशित मितिः२०७४ कार्तिक २३

वि.सं.२०७४ कात्तिक २३ बिहीवार १५:०९ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...