back
NMB ad

आँगनको मिठाई फोहोर र प्रदुषित, सात दिनको चेतावनी दिइयो !

Kumari bank ad

काठमाण्डौं । त्रिपुरेश्वरको आँगन मिठाइ पसलमा पाइने मिठाइ खान अयोग्य भएको सरकारी अनुगमन टोलीले निष्कर्ष निकालेको छ । आँगनका लागि मिठाइ उत्पादन हुने पाटन औद्योगिक क्षेत्रमा रहेको पशुपति फुड्स प्रालिको बनाउने मिठाइ फोहोर र प्रदुषित भएको भन्दै टोलीले आँगनको मिठानमा जोखिम रहेको बताएकोछ ।

आपुर्ति व्यवस्थापन विभाग तथा उपभोक्ता हित मञ्च, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, जिल्ला प्रशासन कार्यालय ललितपुर र काठमाडौंले आज बुधबार संयुक्त रूपमा अनुगमन गरेको थियो।

सो क्रममा पाटन औद्योगिक क्षेत्रमा रहेको पशुपति मिठाइ उद्योगमा मिठाइ बन्ने ठाउँमा कामदारहरूले मास्क, एप्रेन नलगाइ बनाउने गरेको, हात धुने पानी फोहोर रहेको, किचनमा ढल मिसिएको, झिँगा भन्किएको र घ्युमा झिँगा भन्किरहेको फेला पारेको हो।

पशुपतिले उत्पादन गरेका मिठाइहरू आँगन मिष्ठान्न भण्डारमा जाने गरेको छ । अनुगमन टोलीले सात दिनभित्र सरसफाइ गर्ने पशुपति फुड्सलाई निर्देशन दिएको छ।

२२ असार २०७३, १।००

वि.सं.२०७३ असार २२ बुधवार १५:२६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...