काठमाण्डौं । नेपाल चलचित्र कलाकार संघद्वारा आयोजित ‘फान अवार्ड २०७२’ मा ‘पशुपति प्रसाद’ उत्कृष्ट फिल्म घोषित भएको छ भने उत्कृष्ट निर्देशकको अवार्ड पनि सोही फिल्ममार्फत दीपेन्द्र के खनालले पाएका छन्।
हिजो शनिबार दिउँसो भद्रकालीस्थित आर्मी अफिसर्स क्लसबमा आयोजित समारोहमार्फत् कुल २४ विधामा वितरण गरिएको अवार्डमा आर्यन सिग्देल र नम्रता श्रेष्ठ फिल्म ‘क्लासिक’बाट उत्कृष्ट अभिनेता तथा अभिनेत्रीको दाबेदार बने भने निर्णायक मण्डलको तर्फबाट सौगात मल्लले फिल्म ‘फन्को’ बाट उत्कृष्ट अभिनेताको अवार्ड हात पारे।
१९ असार २०७३, ९।३०
वि.सं.२०७३ असार १९ आइतवार १६:५० मा प्रकाशित