back
NMB ad

पाटा नेपाललेआगामि जुन(१–४)मा हिमालयन ट्राभल मार्ट आयोजना गर्ने

Kumari bank ad

काभ्रे । विश्वमै हिमाली क्षेत्रको पर्यटन प्रबद्र्धन गर्ने तथा नेपाललाई हिमाली क्षेत्रको प्रवेश मार्गकोरुपमा स्थापित गर्ने उदेश्यका साथ प्यासिफिक एशिया ट्राभल एसोसियसन अफ नेपाल(पाटा,नेपाल) ले आगामि वर्ष २०१७ जुन १ देखि ४ सम्म नेपालमा हिमालयन ट्राभल मार्ट २०१७ आयोजना गर्ने भएको छ । सोही सन्दर्भ पारेर नेपालको पर्यटन उद्योगको प्रबद्र्धन गर्ने उदेश्यले पाटाले काभ्रेको धुलिखेलमा एक कार्यक्रम गरि ट्राभल मार्ट २०१७को सुभारम्भ गरेको छ ।

उक्त अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारी, पाटा इन्टरनेशनलका अध्यक्ष एन्ण्ड्रयु जोनेस लगायतले हिमालयन ट्राभल मार्ट २०१७ को लोगो सार्वजनिक गरेका थिए ।

Himalayan travel Mart2

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, प्रोफेसनल ट्राभल ब्लगर्स एसोसियसनका अध्यक्ष मार्ट गिब्सन, संचारकर्मी, पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पाटा नेपालले पाटा इन्टरनेशनल र अन्य सरोकारवाला निकायहरुसँगको सहकार्यमा साहसिक पर्यटनलाई पुर्नपरिभाषित गर्ने र नेपाललाई हिमालय क्षेत्रको प्रवेश मार्गको रुपमा स्थापित गर्ने उदेश्यका साथ आगामि जुनमा ट्राभल मार्टको आयोजना गर्न लागेको जानकारी दिएको छ ।

मार्टमा विभिन्न मुलुकबाट आउने टुर अपरेटर, ट्राभल ब्लगर्स तथा संचारकर्मी, अन्तर्राष्ट्रिय विज्ञहरु र प्रतिनिधि गरि २ सय जनाको सहभागीता रहने पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले जानकारी दिए ।

उक्त मार्ट हुनु अगावै पाटा नेपालले अन्तर्राष्ट्रिय ट्राभल ब्लगर्स तथा संचारकर्मीलाई नेपालको सुन्दरता र पर्यटकीय गन्तव्यहरुबारे जानकारी दिने उदेश्यले आगामि २०१७ मे २२ देखि जुन १ सम्म इन्टरनेशनल ब्लगर्स एण्ड मिडीया कन्फ्रेन्सको पनि आयोजना भएको छ ।

Himalayan travel Mart

मार्टमा नेपालका साथै भारत, भुटान, बंगलादेश, म्यन्मार, पाकिस्तानका पर्यटन व्यवसायीले युरोप, उत्तर अमेरिका, अष्ट्रेलिया, न्युजिल्याण्ड, रसिया तथा सिआईएस,, एसिया र खाडी मुलुकका व्यवसायीहरुलाई आफ्ना पर्यटन प्याकेजहरु बिक्री गर्न सक्ने बताईएको छ ।

प्रकाशित मितिः २०७३ मंसिर १९

वि.सं.२०७३ मंसिर १९ आइतवार २३:४८ मा प्रकाशित

You can share this post!

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४१

भरतपुर (चितवन), १४ वैशाख : भरतपुर भ्रमण वर्ष २०२४ को...

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२५

पाटन (ललितपुर), १४ वैशाख : काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री...

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२०

मथुरा (भारत), १४ वैशाख  भारतमा छ साता लामो चुनावी अभियान...

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:४५

प्रेमनारायण आचार्य अर्घाखाँची, १४ वैशाख : नौ वर्षअघिको कहालीलाग्दो घटना...

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...