back
NMB ad

पाथीभरामा उठ्यो १७ दिनमै सवा २० लाख भेटी !

Kumari bank ad
ताप्लेजुङ । यहाँ अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा १७ दिनमै २० लाख १४ हजार ७०० रुपैयाँ भेटी रकम सङ्कलन भएको छ।
यही जेठ ५ देखि २१ गते सम्मको अवधिमा स्वदेशी तथा विदेशी दर्शनार्थीबाट यतिका रकम जम्मा भएको पाथीभरा भेटीघाटी व्यवस्थापन समितिले जनाएको छ। विशेषगरी वैशाखपछि वर्षा लगायतका कारण कमै मात्र तीर्थालु आउने गरे पनि गत वर्षको तुलनामा यस वर्षको जेठ महिनामा धेरै तीर्थयात्री भित्रिएको समेत सो समितिले जनाएको छ।
यसअघि २०७२ साल चैत ३० देखि वैशाख २२ गते भित्रको अवधिमा १४ लाख ४४ हजार १५० रुपैयाँ सङ्कलन भएको जनाइएको थियो।
यस्तै, धेरै सङ्ख्यामा सुनचाँदीका विभिन्न सामग्रीसमेत जम्मा भएको बताइएको छ। अहिले पनि दैनिक सयौँको सङ्ख्यामा मन्दिर दर्शनका लागि मानिसहरु जाने गरेको बताइएको छ। पाथीभराको दर्शन गरे आफूले चिताएको कुरा पुग्ने धार्मिक विश्वास रहिआएको छ।
२८ जेठ २०७३, ११।००

वि.सं.२०७३ जेठ २८ शुक्रवार ११:३३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...