back
NMB ad

पेलेका छोराले गरे आत्मसमर्पण, अब १३ वर्ष जेल सजाय हुने

Kumari bank ad

ब्राजिलका महान फुटबल खेलाडी पेलेका छोराले विभिन्न अपराधको घटनामा ब्राजिलको अदालतले तोकेको १३ वर्षको सजाय भुक्तानका लागि प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

पेलेका छोरा एड्सन नासिमेन्टोलाई लागु औषधको कारोबार र मनि–लान्ड्रीङको मुद्धामा अदालतले यसै साता १३ वर्षको सजाय तोकेको थियो। पहिले अदालतले ३३ वर्षको सजाय तोकेको थियो। यसलाई घटाएर १३ बनाएपछि उनी गत शुक्रबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए।

सन् २०१४ मा उनलाई ३३ वर्षको सजाय सुनाइएको थियो। ४६ वर्षीय पूर्व गोलरक्षकले प्रहरीसमक्ष आत्मसम्पर्ण गर्नुअघि सान्तोषमा आफूलाई एकपल्ट फेरि आफूलाई लागु औषधको कारोबारी भनिएकोमा दुःख व्यक्त गरे। उनले मनि–लान्ड्रीङको आरोपमा सहमति जनाएपनि आफूले लागु औषधको कारोबार नगरेको स्पष्ट पार्न खोजे।

एड्सनलाई फोनमा उनले गरेको वार्ताको आधारमा प्रहरीले पक्राउ गरेको थियो। उनले आफूले लागु औषध सेवन गर्ने गरेको बताउदै आफूलाई कारोबारी भन्नु अन्याय हुने बताए। ब्राजिललाई तीन पल्ट विश्वकप फुटबलको उपाधि दिलाएका पेलेका छोरा एड्सन सात छोरामध्येका एक हुन्। उनले २००५ मा पहिलो पल्ट प्रहरीले लागु औषध कारोबारी समूहको बीचबाट पक्राउ गरेको थियो। त्यतिबेला उनी ६ महिना जेल बसेका थिए र धरौटीमा रिहा भए। पेलेले त्यतिबेला आफ्नो छोरालाई अबोध भन्दै सुरक्षा गर्न खोजेका थिए।

१६ फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन १६ सोमवार १५:२१ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...