back
NMB ad

जनताको बचत सुरक्षित राख्न नसक्ने बैंक वित्तीय संस्था कारबाहीमा !

Kumari bank ad

काठमाडौ। जनताको बचत सुरक्षित राख्न नसक्ने बैंक तथा वित्तीय संस्थाहरु कारबाहीमा पर्ने भएका छन् ।

भिबोर सोइसाइटी डेभलपमेन्ट बैंकको उद्घाटन गर्न पुगेका नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नाफाका लागि खोलिने निजी कम्पनीले जस्तो जनताको पैसामा खुलेका बैंक तथा वित्तीय संस्थाले गर्न नहुने कामतर्फ सचेत गराउँदै जनताको बचत सुरक्षित राख्न नसक्ने बैंक तथा वित्तीय संस्थाहरु कारबाहीमा पर्ने बताए ।

उनले भने, “जनताको रकम बैंकले सुरक्षित गर्नुपर्छ, अन्यथा बैंक तथा वित्तीय संस्थाको विश्वसनीयता नै खराब हुन्छ । ”  नेपाल राष्ट्र बैंक ऐन, २०५८ पारितसँगै केन्द्रीय बैंकको भूमिका अझै सबल भएको भन्दै वित्तीय अनुशासनलाई ध्यान दिनुपर्नेमा उनको जोड रहेको थियो ।

पछिल्लो समय भिबोर विकास बैंक र सोसाइटी डेभलपमेन्ट बैंक एकापसमा गाभिएर भिबोभर सोइसाइटी डेभलपमेन्ट बैंक बनेको छ । हाल बैंकको एक अर्ब ८१ अर्ब पुँजी पुगेको बैंकका कार्यकारी अधिकृत झलक खनालले जानकारी दिए । बैंकले १४ अर्ब निक्षेप सङ्कलन गरेको छ भने ११ अर्ब रुपैंया कर्जा प्रवाह गरेको छ । बैंकको एक लाख ५० हजार ग्राहक छन् भने विभिन्न ४२ शाखाबाट आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मितिः २०७३ भदौ १७

वि.सं.२०७३ भदौ १७ शुक्रवार १९:४६ मा प्रकाशित

You can share this post!

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४७

भैरहवा (रुपन्देही), ११ वैशाख : नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका...

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४२

काठमाडौँ, ११ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख...

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...