back
NMB ad

पेरिस्कोपबाट खिच्दै युवतीले गरिन् ‘लाइभ’ आत्महत्या !

Kumari bank ad

पेरिस । फ्रान्सकी १९ वर्षीय किशोरीले आफ्नो मोबाइलमा रहेको पेरिस्कोपबाट लाइभ देखाउँदै आत्महत्या गरेकी छिन्। युट्युवमा लाइभ आत्महत्या गरेकी युवतीको भिडियो भाइरल हुन थालेपछि अन्तत फ्रान्सको न्यायिक स्रोतले ‘लाइभ मृत्युु’ भएको जनाएको हो।

पेरिसको सबअर्ब इग्लोको ट्रेन स्टेसनमा उनले गरेको आत्महत्याका दृश्यलाई लाइभ हेरेकाहरु आत्तिएका थिए। घटना गत मंगलबार भएको हो। फ्रान्स इन्फोले गरेको रिपोर्टअनुसार किशोरीले जीवनको अन्तिम मिनेट आफ्नो पूर्व प्रेमीले बलात्कार गरेको जानकारी दिँदै उसको फोटोसमेत खुलासा गरेकी छिन्।

‘टेलिफोन र भिडियोको विश्लेषण भइरहेको छ,’ अदालतको स्रोतले जानकारी दियो, ‘आत्महत्या हुनुअघि उनीमाथि दुर्व्यवहार भएको खुला भएको छ।’ उनका गतिविधिलाई थप कन्फर्म गर्न बाँकी नै रहेको छ। ‘हामीलाई एक जना पेरिस्कोप प्रयोगकर्ताले ४:३० बजे सम्पर्क गर्दै उनी राम्रो अवस्थामा नरहेको बताएका थिए,’ प्रहरी स्रोतलाई उदृत गर्दै एएफपीले जनाएको छ। उनी रहेको लोकेसन पत्ता लगाएर त्यहाँ पुगिसक्दा उनको मृत्यु भइसकेको थियो।

‘यो कुनै हल्लाखल्ला गर्नका लागि हुन लागेको होइन, प्रतिक्रिया दिनका लागि हो ता कि दिमाग खुलोस्,’ आत्महत्या पूर्व पेरिस्कोपबाट उनले बताइरहेकी थिइन्। करिब ४ बजे यस्तो घटना भएको थियो। लामो कपाल र र खैरो आखा भएकी किशोरीले आफूलाई लाइभ फलो गरिरहन भनिरहेकी थिइन्। ‘जे मैले भन्नेछु त्यो हुनेछ। जे हुँदैछ त्यो धेरै नै सकिङ हुनेछ,’ उनले लाइभमा भनेकी छिन्। त्यसपछि उनले धम्की पनि दिइन्, ‘कम उमेरकाले यो हेरिरहेको हो भने हेर्न छोड्नु। म यो तहमा पुगेको छु कि यहाँबाट मेरा सामु कुनै इच्छा छैनन्, मलाई केहीले पनि आनन्द दिन सक्दैन, मलाई कुनै पनि कुराले बिहान उठ्न बल दिँदैन।’

स्मार्टफोनमा प्रयोग हुने पेरिस्कोपबाट लाइभ भिडियो स्ट्रिमिङ गर्न सकिन्छ। यसलाई ट्विटरबाट पनि रिले गर्न सकिन्छ। भिडियो हेर्नेले यसलाई लाइक गर्न र कमेन्ट दिन पनि सक्छन्। यो भिडियो उनको मृत्युको २४ घन्टा अन भइरह्यो। त्यसपछि यसलाई अफ लाइन गराइयो।

फ्रान्सेली किशोरीको आत्महत्याको अनाउन्समेन्ट लगत्तै धेरैले उनलाई त्यसो नगर्न अनुरोध गरेका थिए। उनले प्रत्युत्तरमा भनेकी थिइन्, ‘मैले जीवनमा कहिल्यै पनि आत्महत्या गर्छु भन्ने सोचेको थिइन्। स्टप द्याट।’

यो घटनाको फाइनल भिडियो भने योङ विमन्स फाइनल मिनट्स भनेर युट्युवमा अपलोड भएको थियो। उनलाई लाइभ हेरिरहेका मध्ये केहीले प्रहरीलाई खबर गरेका थिए। सुरक्षाकर्मीले अफ गरेपछि मात्र उनले देखाएको लाइभ सकिएको थियो।

३१ बैशाख २०७३, ३.oo

वि.सं.२०७३ वैशाख ३१ शुक्रवार १६:५६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...