back
NMB ad

सार्वजनिक भयो घरपालुवा कृषिजन्य पशुपंक्षीको तथ्यांक, कति छन् हेर्नुहोस्

Kumari bank ad

काठमाण्डौं। नेपाल भर यस वर्ष बाख्रा, खसी तथा बोकाको संख्या एक करोड दुई लाख छ । यस तथ्यांकले आगामी दुई वर्षमा मासुमा आफैमा आत्मनिर्भर हुने सरकारी लक्ष्य हासिल नहुने देखिएकोछ ।

गत वर्षपनि बाख्रा, खसी तथा बोका एक करोड दुई लाख नै थिए । कुखुरा भने २२ लाख थपिएको अनुमान छ । यस वर्ष कुखुराको संख्या पाँच करोड २२ लाख पुगेको छ । आर्थिक बर्ष २०७२/७३ मा गाई तथा गोरुको संङ्ख्या गत आर्थिक बर्षको तुलनामा ०.००३ प्रतिशतले बढेर करिव ७२ लाख ४२ हजार पुग्ने अनुमान रहेको छ।

हाल नेपालमा दुध दिने गाईको संङ्ख्या दशलाख २६ हजार रहेको छ भने यसमा उन्नत गाईको सङ्ख्या बढिरहेको पशुविकास मन्त्रालयले जनाएको छ। त्यस्तै भैसीको संख्या पनि बृद्धि हुने अनुमान रहेको छ तर दुध दिने भैसीको संङ्ख्या भने ०.१ प्रतिशत घट्ने अनुमान गरिएको छ। अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार अघिल्लो बर्षको तुलनामा बाख्रा बोकाको संङ्ख्या भने ०.०५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ भने सुँगुरको संङ्ख्या ०.५ प्रतिशतले बढ्ने जनाइएको छ।

चालु आर्थिक बर्षमा कुखुराको संङ्ख्या अधिल्लो बर्षको तुलनामा ४ प्रतिशतले बढेर पाँच करोड २२ लाख पुग्ने अनुमान गरिएको छ। चालु आर्थिक बर्षमा कुल अण्डा उत्पादन गत बर्षको तुलनामा ३.५ प्रतिशतले वृद्धि भई ९४ करोड ८४ लाख वटा उत्पादन हुने अनुमान गरिएको छ। जसमध्ये कुखुरावाट ९३ करोड ४७ लाख वटा र हाँसवाट एक करोड ३७ लाख वटा रहेने अनुमान रहेको छ।

१४ जेठ २०७३, १०।००

वि.सं.२०७३ जेठ १४ शुक्रवार ११:३४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...